२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बाढीले मण्डु हाइड्रोमा नौ करोड क्षेति

२०७६, १० श्रावण शुक्रबार ०८:१६

साउन १०, मकवानपुर  | बाढीपहिरोका कारण  मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ ।

रु चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले रु छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल रु नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिनुभयो । 

निजी क्षेत्र र चाइनिज कम्पनीको संयुक्त लगानी  निर्माण भएको सो कम्पनीमा मकवानपुरको भीमफेदी गाउँपालिका तथा ललितपुरको वाग्मती गाउँपालिकाका एक हजार ८०० जनाको शेयर छ । 

बाढीसंगै आएको गिट्टी, बालुवा र माटोले पुरेर ‘पावर हाउस’को ‘सिलटिङ बेसिन मा क्षति पु¥याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, बाढीका कारण कम्पनीको सिल्टिङ बेसिनको ‘इन–लेट’गेटमा क्षति पुगेको तथा पावर हाउसतर्फ पेनेस्टक पाइप पुरेको र ढलानमा समेत क्षति पुगेको छ । 

साथै वाग्मती खोलाको बाढीले जलविद्युत् गृहको टेलरेसमा ढुङ्गा, गिट्टी, बालुवा र माटो भरिदिएको कम्पनीका जनसम्पर्क अधिकृत दानीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले क्षतिग्रस्त मेसिनकोे मर्मत कार्य भइरहेको छ । साउन १५ सम्म पुनःसञ्चालनमा ल्याउनेगरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु