२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा दुर्घटनामा परि एक वर्षमा २२३ को मृत्यु

१० श्रावण २०७६, शुक्रबार १२:३६

साउन १०, डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी दुर्घटना भएको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

ट्राफिकका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिममा साना ठूला गरी कूल २३४ वटा सवारी दुर्घटनामा परेका छन् । 

दुर्घटनामा परी २२३ ले ज्यान गुमाएका छन् भने ४३४ घाइते भएका छन् । उहाँका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुरामा ३५, अछाममा १३, कञ्चनपुरमा ४५, बैतडीमा १०, दार्चुलामा १५, बझाङमा २४, बाजुरामा छ र डोटीमा नौको दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुरुष १५६, महिला ४४ र बालबालिका २३ छन् । ट्राफिकका अनुसार दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल चालक छन् । 

सवारी साधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको निरीक्षक साउदले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी