2026-10-04 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पहिरोबाट इलामको सन्दकपुरका १२ परिवार विस्थापित

साउन १२, इलाम  | लगातारको वर्षापछि इलामको सन्दकपुर गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै विस्थापित भएको छ । अविरल वर्षासँगै सन्दकपुर–५ को गहिरगाउँका घरभित्र चिरा परेपछि १२ घर विस्थापित भएका हुन् ।

 सिङ्गो गाउँ नै पहिरोले तानेको र स्थानीयवासीका घरभित्र चिरा परी पानी उम्रिएपछि विस्थापित भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । पहिरोबाट सन्दकपुर–५ का पूर्णबहादुर गुरुङ, जीतकुमारी गुरुङ, लाखमान तामाङ, माया गुरुङ, रमेश गुरुङ, सूर्यबहादुर गुरुङ, नीरबहादुर गुरुङ, रामबहादुर गुरुङ, धर्मध्वज गुरुङ, नेत्रबहादुर गुरुङ, यामबहादुर गुरुङ र बेदबहादुर कार्कीको घरभित्र चिरा परेकाले शनिबार राहत रकम र सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसहित विभिन्न संस्थाले पीडितलाई नगदसहित बन्दोबस्तीका सामग्री शनिबार हस्तान्तरण गरेका छन् । विस्थापित १२ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही पाँच हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

यस्तै रेडक्रसले त्रिपाल, कपडा, भाडावर्तन, बाल्टी र डोरी वितरण गरेको छ । जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तिमल्सिना, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हीरा पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्का र रेडक्रसका प्रतिनिधिलगायतको उपस्थितिमा विस्थापितको अवस्था र पहिरो क्षेत्रको अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर