२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा

१३ श्रावण २०७६, सोमबार ०६:११

साउन १३, तनहुँ  | तनहुँ को म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो ।

गत वर्ष रु २० लाख आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रति परिवार रु दुई हजार ५०० का दरले रु दुई लाख पाँच हजार लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले बताउनुभयो । सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्नुपर्ने प्रावधानअनुसार वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको उहाँले जानकारी दिनुभयो ।

दुई सय एक हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । विसं २०६६ मा समुदायमा हस्तान्तरण भएको वनले पहिलो वर्षमा नै राम्रो आम्दानी लिन सफल भएको थियो । उपभोक्ता समूहका सचिव टेकबहादुर गुरुङका अनुसार वनको आम्दानीबाट वैदेशिक रोजगारीमा जानेलाई सहुलियतमा कर्जा, पशुपालन गर्ने र उच्च शिक्षा अध्ययनको लागिसमेत सहुलियतमा कर्जा उपलब्ध गराइएको छ । जसका लागि रु २४ लाख ८० हजार ६८२ लगानी भएको उहाँले जानकारी दिनुभयो ।

वैज्ञानिक वन व्यवस्थापन लागू भएको वर्षमा नै सामुदायिक वनबाट रु ३७ लाख छ हजार ९३४ आम्दानी भएको गुरुङले बताउनुभयो ।

वन नियमावली २०५१ अनुसार सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन संरक्षण तथा विकासमा, ३५ प्रतिशत समूहभित्रका गरीब, महिला, विपन्न तथा पिछडिएका सदस्यको आयआर्जन वृद्धि गरी गरीबी न्यूनीकरण गर्ने कार्यक्रममा र बाँकी ४० प्रतिशत अन्य सामाजिक विकासका क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।

 वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका बाह्र वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन शुरु भइसकेको छ । वनको हैसियतमा सुधार ल्याई उत्पादनमा वृद्धि गर्ने, वन पैदावरको आपूर्तिमा निरन्तरता एवं सहजता गराउने र स्थानीय रोजगारी सिर्जना गराई जैविक र वातावरणीय लाभ लिने उद्देश्यसहित वैज्ञानिक वन व्यवस्थापनलाई जोड दिइएको डिभिजन वन प्रमुख बरालले जानकारी दिनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य