४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा असला जातका माछा सङ्कटमा

१३ श्रावण २०७६, सोमबार ०६:४५

साउन १३, जुम्ला | जुम्लाको तिला नदीमा करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको सङ्ख्या घटदै गएको छ। जिल्लाको जोवा र तिला नदीमा करेन्ट र विषादीको प्रयोग बढेपछि असला जातका माछा लोप हुने अवस्थामा पुगेका हुन् । करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि स्थानीय जातका माछा लोप हुन थालेका हुन्। 

स्थानीयवासीका अनुसार विगतमा साना खोलामा पनि जताततै देख्न सकिने विभिन्न जातका माछा पछिल्लो समय देखिन छाडेका छन्। जुम्लाका रामप्रकाश बुढाले केही वर्षअघि सम्म स्थानीय खोलामा माछा मारेरै गुजारा चलाउने गर्नुभएको थियो । पहिले एक घण्टामा चार-चार किलो माछा सजिलै मार्न सकिन्थ्यो तर अहिले दिनभर खोला चहार्दा पनि एक किलो पाउन मुस्किल हुने गरेको उहाँको भनाइ थियो । 

करेन्ट र विषको असरले अधिकांश खोलामा माछा सकिएका छन् भन्दै बुढाले विषादी र करेन्टले अन्य जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो । जाल हालेर माछा मार्ने गर्दै आएकामा माछा पाइन छाडेकाले डेढ वर्षयता जाल थाप्न नगएको जानकारी दिँदै उहाँले करेन्टभन्दा विष प्रयोग गर्दा बढी माछाको क्षति हुने गरेको छ भन्नुभयो ।  विषको प्रयोग गर्दा नदीमा चार दिनसम्म माछा र भुरा पउन मुस्किल हुने गरेको स्थानीयवासी विर्षलाल शाहीले बताउनुभयो । 

पछिल्लो समय जथाभाबी नदीको दोहन हुन थालेकाले तिला नदीमा पाइने असला जातका माछा पनि सङ्कटमा पर्न थालेका छन्। तीन महिनाअघि उक्त नदीको विभिन्न स्थानमा ठूलो सङ्ख्यामा मरेका माछा छालमा तैरिएको अवस्थामा भेटिएका थिए ।  असला माछा विश्वमै लोपन्मुख माछा मानिन्छ। यो माछा निकै स्वादिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरेको स्थानीयवासी माया पछाईले बताउनुभयो । 

उहाँका अनुसार नदीमा करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्नेलगायत मानवीय गतिविधि बढेपछि माछा सङ्कटमा पर्न थालेका हुन्। पहिले नदीभरि माछा नै माछा देखिन्थे, अहिले दिनभर जाल हाल्दा पनि एक किलो माछा भेटाउन मुस्किल हुने गरेको छ । माछा भेटिन छाडेपछि स्थानीय बजारमा असलाको मूल्य बढ्दै गएको छ। एक वर्षअघि रु ३०० मा किनबेच हुने उक्त माछाको मूल्य अहिले रु ६०० पुगेको पछाईको भनाइ थियो।

नदीमा पानीको बहाव घट्नु, करेन्ट लगाइनु, पानी दूषित हुनुलगायत कारण दिन प्रतिदिन माछाको सङ्ख्या घटदै गएको जिल्लास्थित भेटेरिनरी अस्पतालका चिकित्सक गोविन्द महतले बताउनुभयो। जिल्लाबाहिर समेत ठूलो परिमाणमा पठाइने उक्त माछा अहिले पाउनै मुस्किल भएको जानकारी दिँदै उहाँले  नदीमा जथाभावी डोजर प्रयोग गरिँदा पनि स्थानीय माछा लोप हुन थालेको हो भन्नुभयो । 

चिकित्सक महतले केही महिना अघि नदी छेउछाउमा भेटिएका माछालाई अनुसन्धानका लागि काठमाडौँको प्रयोगशालामा पठाइएकामा अझैसम्म त्यसको प्रतिवेदन नआएको जानकारी दिनुभयो। माछा मार्नका लागि जाल हाल्ने, निया हाल्ने, झरौला हाल्ने, बल्छी खेल्ने र ढँडिया राख्ने चलन पछिल्लो समय हराउँदै गएको छ। केही वर्षयता नदीमा करेन्ट लगाउने र विषादी प्रयोग गर्ने क्रम बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ। असला माछाको संरक्षणका लागि सरोकारवाला निकायको समयमै ध्यान जानुपर्ने स्थानीयवासी मनोज बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ