२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सन्दर्भ बाघ दिवस : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थोरै क्षेत्रफलमा धेरै बाघ

१३ श्रावण २०७६, सोमबार ०७:१९

साउन १३, कंचनपुर | तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन् । क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ ।

विश्वमै बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा दुई हजार दुई सयभन्दा बढी दुर्लभ बाह्रसिङ्गा छन् । कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनामा आज ११औँ बाघ दिवस मनाइरहँदा शुक्लाफाँटाको बाघ संरक्षणका विषयमा जोड दिइएको छ ।

सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा एकले कमी आएको हो । “शुक्लाफाँटामा बाघका लागि सानो बासस्थान भए पनि क्षेत्रफलका हिसाबले धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भन्नुभयो, “बाघका लागि पर्याप्त आहार भएकाले पनि यहाँ बाघ धेरै भएका हुन् ।” आहारका कारण पनि यहाँ बाघको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ छ ।

निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । चोरी सिकार न्यूनीकरणका लागि शुक्लाफाँटाको चौतर्फी नेपाली सेनाको देवीदल गण खटिएको छ ।

“सुरक्षा सतर्कता पनि मजबुत भएकाले यहाँ वन्यजन्तु सुरक्षित राख्न सकिएको छ”, पौड्यालले भन्नुभयो, “बाघसँगै शुक्लाफाँटामा पर्यटक लोभ्याउने धेरै कुरा छ ।” यहाँको लालझाडी, ब्रह्मदेव र डडेल्धुरा जिल्लाको सिमाना लगायतका जङ्गलमा बाघ आवतजावत गर्ने गरेको भए पनि बाघको प्रमुख बासस्थान शुक्लाफाँटा नै भएको निकुञ्जको भनाइ छ ।

सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्यामा दोब्बर बनाउने घोषणा गरेको छ । सन् २०१८ को गणनाअनुसार हाल नेपालमा २३५ बाघ छन् । बाघ दिवसका अवसरमा भीमदत्तनगर बजारमा बाघ बचाउन सचेतना ¥यालीका साथै सडक नाटकसमेत गरिएको छ ।

शुक्लाफाँटामा ६ हजार पर्यटक

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा हालसम्मकै बढी आन्तरिक तथा विदेशी पर्यटक भित्रिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले गत आर्थिक वर्षमा ६ हजार ६९ पर्यटकले शुक्लाफाँटा भ्रमण गरेको बताउनुभयो । तीमध्ये पाँच हजार ७४० स्वदेशी र ३२९ विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ ।

त्यस्तै निकुञ्जभित्रका विभिन्न क्षेत्रमा वन्यजन्तुको पानीको प्यास मेटाउन कृत्रिम ताल निर्माण, सडक सुधार, प्राकृतिक तलाउहरुको सरसफाइ लगायतका कामहरु भएको प्रमुख संरक्षण अधिकृत पौड्यालको भनाइ छ ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा शुक्लाफाँटाको प्रचारप्रसार त्यति धेरै हुन सकेको छैन”, उहाँले भन्नुभयो, “भूगोलका हिसाबले पनि काठमाडौँबाट टाढा पर्ने भएकाले विदेशी पर्यटक यहाँ धेरै आउन सकेका छैनन् ।” गत आर्थिक वर्षमा शुक्लाफाँटा निकुञ्जले रु ८६ लाख २३ हजार राजश्व सङ्कलनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य