१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पुनरसंरचनामा कांग्रेस सक्रियता पुर्वक जुट्ने

२१ बैशाख २०७३, मंगलवार १३:२०

बैशाख २१, गुल्मी । आगोलागीबाट ध्वस्त भएको गुल्मी दजाकोट गाउँको पुनरसंरचनामा नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ सक्रियता पुर्वक जुट्ने बताएको छ । आज सो पार्टीका महाधिवेशन प्रतिनिधी तथा त्यस दजाकोट गाउँका छिमेकी ज्ञानु सापकोटा लगायतका काग्रेसजनले सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो बताएका हुन् ।

सापकोटाले बडागाउँ गाविसको वडा नम्वर–१ दजाकोट र २ को माझागाउँमा आफुहरु सुरुको उद्धार कार्यदेखि हाल सम्म जुटेको बताउँदै अव त्यहाँको पुनरसंरचनामा कांग्रेसजन थप सक्रियतापुर्वक लाग्ने बताए ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सचिव पुर्ण केसीले भोली देखि एक सय जना कार्यकर्ता परिचालन गरी अस्थाई घर टहरा निर्माणमा जुट्ने उद्घोष गरे । उनले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघको संयुक्त मोचा बनाई सुरुमा १० वटा घर निर्माण गर्ने बताए ।

तरुण दलका कार्यवाहक जिल्ला अध्यक्ष भरत भलामी र नेवि संघ सभापति सुदर्शन खनालले पनि नेपाली कांग्रेसका प्रत्येक गाउँ कार्य समितिबाट कम्तीमा पनि १५ हजारका दरले सहयोग रकम संकलन गर्न लगाईएको र सो रकमबाट दजाकोटको पुनरसंरचना गर्न लागिएको बताए ।

यसै विच नेवि संघ कार्यकर्ता निरज मरासीनीको नेतृत्वमा काग्रेसजनहरु आजै वडा नम्वर २ को माझगाउँमा ७ वटा अस्थाई घर– टहरा निर्माण गर्न पुगेको जनाईएको छ । उनको नेतृत्वमा प्रजातान्त्रिक युवा सञ्जाल गठन गरी त्यस तर्फ लागेको सञ्जालका व्यवस्थापक धर्मराज पाण्डे बताए । यसै विच नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुको ठुलो हिस्सा पनि आज त्यस गाउँको पुनरनिर्माणका लागि अव केहिवेर पछि जाँदै गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव