२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अग्नि पिडितलाई सहयोग गर्ने क्रम बढ्दै

२०७३, २१ बैशाख मंगलवार १३:२६

बैशाख २१, गुल्मी । गुल्मी वडागाउँका अग्नि पिडितलाई बिभिन्न संघ संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ । आगोलागीबाट गाउँ नै ध्वस्त भएर खुल्ला आकाश मुनी रहेका माझगाउँ र दजाकोटका जनतालाई बिभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् । अग्नि पिडितहरुको लागी गुल्मी समाज अष्टे«लियाबाट रु ५ लाख संकलन भएको समाजका अध्यक्ष भिम खरेलले जानकारी दिनुभयो ।

उहाँले सहयोग रकम संकलन अभियान सञ्चालन भईरहेको बताउनु भयो । समाजबाट संकलन भएको रकम गुल्मी उद्योग वाणिज्य संघ मार्फत अग्नि पिडितहरुको आबश्यता अनुसारका सामाग्रीहरु किनेर प्रदान गरिने वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो । गुल्मी जिल्लाबाट अष्ट्रेलियमा संगठित भएका नेपालीहरुले अग्नि पिडितको पिडामा मलम लगाउँने उदेश्यले सहयोग संकलनलाई तिब्र पारेका् छन् ।

उनिहरुले जति सक्दो छिटो अग्नि पिडितलाई सहयोग गर्न रकम संलनलाई तिब्र पारेको बताएका छन् । अग्नि पिडितलाई स्वर्गिय दुर्गा कुमारी कार्कीको स्मृतिमा ३० किलोका ८२ वोरा चामल र १६ जना बिद्यार्थीहरुको लागी १६ थान स्टेनरी सामाग्रीहरु र थोर्गा वडा नं। ६ र ७ निवासी अग्नि पिडितहरुको लागी ३० किलोका १६ वोरा चामल,अन्य दाल तेल सहयोग प्राप्त भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो ।

अग्नी पिडितहरुको लागी गुल्मीका ४ जना युवाहरुले ५० हजार वरावरको खाध्यन्न समाग्री सहयोग गरेका छन् । गुल्मी वडागाउँ पेगा निवासी नारायण जिसी, तम्घास निवासी भरत थापा, देवेन्द्र भलामी र टामलाल केसीले सहयोग गरेको बताइएको छ ।

अग्नि पिडितहरुलाई स्वदेस तथा बिदेसका बिभिन्न मुलुकहरुबाट सहयोग संकलन अभियान सञ्चाल भईरहेको बताएका छन् । गुल्मी जिल्लाबाट र अन्य जिल्ला बाट बिदेसमा रहेका नेपालीहरुबाट र स्वदेमै रहेका बिभिन्न व्यक्तीहरुले सहयोग गर्ने क्रम वढ्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी