२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको जोगवुडामा साहित्य प्रतिष्ठानको गठन

२०७६, १६ श्रावण बिहीबार ०४:४५

भास्कर के.सी  |  साउन १६, कञ्चनपुर | सौंज डडेल्धुराको जोगबुडा पशुराम नगरपालिकामा रंगुन साहित्य प्रतिष्ठान गठन भएको छ । त्रिवेणी वहुमुखी क्याम्पसका प्राध्यापक रोसन अवस्थीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको एक कार्यक्रमकाबीच पशुराम नगरपालिकामा बुधवार गठन   भएको हो । 

नव गठित उक्त प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै स्थानिय भाषा ,कला तथा सस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने मुख्य उद्देश्य राखेको छ । यसका साथै सो समितिले भाद्र १३ गते मोती जयन्ती भव्यताका साथ मनाउनुका साथै भित्ते पत्रिका प्रकाशन गर्ने ,वृक्षारोपण गर्ने तथा सरसफाई गर्ने निर्णय गरेको अध्यक्ष अवस्थीले जानकारी गराए । साहित्यिक भित्तेपत्रिका प्रत्येक शुक्रवार प्रकाशीत गर्ने जानकारी समेत उनले दिए । यस्ता साहित्यिक गतिविधि तथा कार्यकलापले भित्रि मधेस क्षेत्रको साहित्यिक विकास एवम् स्थानिय नव साहित्यिक प्रतिभा प्रस्फोटन गर्न प्रभावकारी हुने तथा समग्र सामाजिक जागरण ल्याउनमा समेत उलेख्य योगदान रहने धारणा उनले व्यक्त गरे ।

प्रमुख अतिथि समेत रहनु भएका समकालीन साहित्य समाज कञ्चनपुरका अध्यक्ष कल्याण ओझाले साहित्यिक विकास तथा पर्वद्धनमा रंगुन साहित्य प्रतिष्ठानले दिर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाए । ओझाले साहित्यिक संस्थाहरुबीचमा निरन्तर सहकार्य र समन्वयका टड्कारो आवश्यकता रहेको भन्दै समकालीन साहित्य समाज कञ्चनपुर सबैसँग हातेमालो गर्दै अगाडि बढ्न सदैव खुला रहेको स्पष्ट पारे ।  

उक्त प्रतिष्ठानका  अन्य सदस्यहरुमा वद्री सिँ. खत्री , दुर्गादत्त जोशी , रमेश सिह नगाल , रघुनाथ जोशी ,पदमराज जोशी , सरस्वती विष्ट , तेजराज पनेरु ,राजेन्द्र सिं कवर ,चक्रदेव भट्ट र भिमल साउद लगायत रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण