२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बडागाँउका अग्नि पिडीतको लागी झण्डै २३ लाख आर्थिक संकलन

२०७३, २२ बैशाख बुधबार १४:३९

बैशाख २२, वामी (गुल्मी) । शनिबार भएको आगलागी बाट आफ्नो सारा सम्पत्ति जलेर आकाशको छानो ओढ्न बाध्य भएका बडागाँउका अग्नि पिडीतहरुको लागी अहिले सम्म झण्डै २३ लाख बराबरको आर्थिक सहयोग संकलन भएको छ ।

बिभिन्न गाँउ बिकास समितिहरु, संघसंस्था, बिद्यालय, आमा समुह, क्लब, स्थानीय, बिदेशी नेपालीहरु लगायतले गरी हाल सम्म २२ लाख ८२ हजार ३ सय ७६ रुपैया सहयोग संकलन भएको अग्नि पिडीत अन्तर्गत सञ्चार समितिका संयोजक चुरा बहादुर छन्तेलले जानकारी दिनुभयो । त्यसैगरी पिडीतहरुलाई अन्य जिन्सी सहयोग पनि हुने क्रम जारी रहेको छ ।

आज पनि राहात बितरण कार्यक्रम जारी रहेको थियो । आज वामीटक्सारमा रहेको वामीटक्सार युबा क्लबले १ लाख १ सय ६६ नगद हस्तान्तरण गरेको छ । जापानमा रोजगारीमा रहेको नेपालीहरु बाट संकलन भएको ७१ हजार १ सय ६६ र क्लबले संकलन गरेको २८ हजार पाँच सय गरी १ लाख १ सय ६६ रुपैया आज अग्नि पिडीत समति बडागाँउ वडा नम्बर १, २ र ३ लाई हसन्तरण गरिएको हो । हस्तान्तरण गर्न क्लबको प्रतिनिधित्व गर्दे वामी बाट सन्तोष शाक्य, निर्मल शाक्य, निरन बौद्धाचार्य, अम्बु श्रेष्ठ लगायत त्याहा पुग्नुभएको थियो ।

त्यसैगरी आज मालिका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल वामीले पनि सहयोग संकलन गरी पिडीत समक्ष हस्तान्तरण गरेको छ । बिद्यालयका शिक्षक बिद्यार्थीहरु द्धारा संकलित १० हजार रुपैया बिद्यालयका शिक्षक मेघ प्रसाद श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी मुसीकोट गाँउ बिकास समिति द्धारा १ लाख ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरिएको छ ।

गाबिस बाट १० हजार, वडा १ बाट ११ हजार ४ सय ९, २ बाट ८ हजार १ सय ५०, ३ बाट ११ हजार एक सय ८५, ४ बाट १३ हजार ५ सय ६५, ५ बाट १० हजार २ सय ५० ,६ बाट ३१ हजार २ सय ५०, ९ बाट ८ हजार १ सय ५१, नेपाल राष्ट्रिय त्रिभुबन माबि बाट ९ हजार ४ सय ६०, महिला बहुउद्धेश्यीय सहकारी संस्थाबाट रु ५ हजार, सिद्ध प्राबि बाट २६ सय ४८, तुफान परिकल्पना युबा क्लब बाट रु २ हजार । जनज्योती प्राबि १ हजार गरी १ लाख ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरिएको हो ।

-अनिश शर्मा गैरे बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा