२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा निर्देशकमा डाक्टर गौचन नियूक्त

२०७६, १७ श्रावण शुक्रबार ०५:२१

पूर्णबहादुर खड्का | श्रावण १७, अछाम । न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डाक्टर बिकाश गौचन चयन नियूक्त हुनु भएको छ । संस्थाले यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत डाक्टर गौचनलाई सम्रग अछाम जिल्ला अन्र्तगत संचालित अस्पताल तथा अन्य सबै कार्यक्रमको नेतृत्व गर्ने गरी जिम्मेवारी दिएको छ । 

न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका साथै सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ । जिल्लाका २ नगरपालिका साँफेबगर र कमलबजार तथा ३ गाँउपालिका चौरपाटी, मेल्लेख र बान्नीगढी जयगढका सामुदायिक स्वास्थ्य कार्यक्रम संचाल गर्दै आईरहेको उक्त कार्यक्रमको नेतृत्व समेत अब डाक्टर गौचनले गर्ने भएका हुन ।  

बिगत ५ बर्ष देखि मेडिकल निर्देशकको रुपमा कार्यरत डाक्टर गौचनको कार्यकुशलताको मुल्यांकन गर्दै संस्थाले यसै आर्थिक बर्षबाट लागु हुने गरि यस क्षेत्रको नेतृत्वको जिम्मेवारी दिएको हो । निर्देशकमा नियूक्त भएपछि डाक्टर गौचनले संस्थालाई दिर्घकालिन रुपमा संचालन गर्न र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतबिद्धता व्यक्त गर्नुभयो । 

मुस्ताङ  जिल्ला थासांग गाउपालिका वडा नं ३ घरभएका डाक्टर गौचनले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस एवंम जनरल प्रायाक्टीस तथा ईमरजेन्सी मेडिसिनको शिक्षा पुरा गुर्नभएको उहाँले क्यालीफोर्निया विश्वबिद्यालयबाट ग्लोबल हेल्थमा फेलोसिप पनि लिनुभएको छ । यस्तै हाल लिभरपुल बिश्वबिद्यालय यूकेमा जनस्वास्थ्यमा बिषयमा समेत स्नात्तोकोत्तर गरिरहनु भएको छ ।   

यसैबिच  बिहिबार बयालपाटा अस्पतालमा बिगत ११ बर्ष देखी जनरल एडमा कार्यरत कंश लुहारको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । स्थाको नियम अनुसार उमेर अवधि पार भएपछि उहाँको बिदाई गरिएको अस्पतालका जनसंचालन प्रबन्धक प्रकाश ढकालले बताउनु भयो । अस्पतालमा कार्यरत हुदाँ कंश लुहारले प्रशंसनिय काम गरेको भन्दै दोशल्ला, सम्मान पत्र, माला र अविरले सम्मान गर्दै बिदाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो