२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा सर्पदंशका कारण दुई जनाको मृत्यु

२०७६, १७ श्रावण शुक्रबार ०५:२६

साउन १७, सुरुङ्गा । सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको स्थानीय घनश्याम रायले जानकारी दिनुभयो ।

थापालाई सर्पले डसेलगत्तै सर्पदंश उपचार केन्द्र चारआली पु¥याए पनि उहाँको उपचारकै क्रममा निधन भएको बताइएको छ । पछिल्लो समय झापामा सर्पदंशका बिरामी बढेका छन् । गर्मी बढेसँगै झापामा सर्पदंशका बिरामी बढेका हुन् । झापामा वर्षेनी झण्डै तीन हजार ५०० बढी सर्पदंशका बिरामीले जिल्लास्थित तीन सर्पदंश उपचार केन्द्रबाट सेवा लिएका छन् ।

केन्द्रका प्राविधिक खेमचन्द्र अधिकारीका अनुसार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक सातदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।  केन्द्रमा वैशाख र जेठ मसान्तसम्ममा मात्र्र २०० का हाराहारीमा सर्प डसाइका बिरामीले उपचार सेवा लिएको उल्लेख गरिएको छ ।

विसं २०५५ मा स्थापित सो केन्द्रले सर्पको डसाइका कारण बढ्दो मृत्युदर रोक्न मोटरसाइकल स्वयंसेवक कार्यक्रमसमेत परिचालन गरिएको जनाएको छ । दमकमा जिल्लाका साथै मोरङ, दक्षिणी चुलाचुली इलाम र गौरीगञ्जसहित दक्षिण भारतका समेत बिरामी उपचार गर्न आउने गरेको केन्द्रका प्राविधिक गङ्गाराज उप्रेतीले बताउनुभयो । केन्द्रमा एक मेडिकल अफिसर, एक एनेस्थेसिया र अन्य छ प्राविधिक स्वास्थ्यकर्मीले २४सै घण्टा सर्पदंशका बिरामीलाई सेवा उपलब्ध गराउँदै  आएका छन् । केन्द्रमा १३ श्यया राखिएका छन् ।

यता श्री नयाँ श्रीनाथ गण चारआलीमा नेपाली सेनाको ब्यारेकसहित कनकाई नगरपालिकाको कोटीहोममा सहारा नेपाल सहकारी संस्थाको अगुवाइमा सर्र्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह