१८ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दुर्गम गाउँमा माउरी पालनबाट मनग्य आम्दानी

१८ भाद्र २०७२, शुक्रबार ००:४३

जितेन्द्र खत्रि, भदौ १८, अर्घाखाँची / अर्घाखाँची जिल्लाको दुर्गम गाउँ धनचौर गाविसका कृषकहरु मौरी पालन ब्यबसायमा आकर्षित भएका छन् ।

थोरै लगानी र कम मेहनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषकहरु मौरी पालन ब्यबसायमा आकर्षित भएका हुन् । धनचौर गाविसमा करिब एक वर्षदेखि नै मौरी पालन गर्दै आएको भएपनि १० बर्ष यता भने यहाँका कृषकहरुले ब्यबसायीक रुपमै मौरी पालन गर्दै आएका छन् । गाविसका प्रत्येक घर घरमा मौरी पालिएको भएपनि वडा नं.५, ६, ७ र ८ का कृषकहरु भने ब्यबसायिक रुपमै मौरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

धनचौरमा चिउरीको जंगल हुनुको साथै पर्याप्त मात्रामा तोरीको खेती गरीने र मौरीका लागि उपयुक्त किसिमको हावापानी समेत पाइने हुँदा मौरी पालन ब्यबसाय निकै फस्टाएको स्थानीय बासिन्दाहरुको भनाई छ ।

मौरीबाट सोंचे भन्दा बढी आम्दानी लिन पाएपछि युवाहरु पनि वैदेशिक रोजगार र सरकारी जागिर समेत छाडेर मौरी पालन तर्फ आकर्षित भएका छन् ।

धनचौरमा कृषकहरुले एउटै घरमा ५ देखि ५० घारसम्म मौरी पालन गर्दै आएका छन् । मौरी बर्षमा २ पटक काडेर मह निकालिने र एउटा घारमा बर्षमा १० देखि २० के.जी.सम्म मह निकालिने गरेको कृषकहरुको भनाई छ ।

मुढे घारबाट मौरी ब्यबसाय संचालन गर्दै आएका कृषकहरुले दुईबर्ष यताआधुनिक घारमा मौरी पाल्न थालेका छन् । आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्नपनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने मह भन्दा दुई तिहाई बढी उत्पादन लिन सकिने उनिहरुको भनाई छ ।

धनचौर गाविस ५ का बासुदेव पाण्डे मौरी पालनबाट बर्षमा २ लाख रुपैयाँ आम्दानी गर्ने बताउँछन् । पाण्डेले ३० घार मौरी पाल्दै आएका छन् । मौरीको आम्दानीबाट ६ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउ“दै आएको उनको भनाई छ ।

बाबु बाजेका पाला देखि नै पाल्दै आएकौ मौरीलाई थोरै ब्यबस्थित गरेर घार बढाए यसैबाट घरखर्च चलेको छ । केही रकम संचीत पनि भएको छ उनले बताए ।

वार्ड नं. ६ का लेखनाथ पाण्डेले पनि माहुरी बाटै आङ्खनो जिविकोपार्जन चलाएको बताउछन् । २० घार मौरी पालेका पाण्डेले वर्षमा १ लाख सम्मको आम्दानी गर्ने बताए ।

सदरमुकाम सन्धिखर्कबाट ६ कोष टाढा पर्ने धनचौर एउटा विकट गाविस भएपनि मौरीको लागि उदाहरणीय गाविस बनेको छ । यहाँका बासिन्दाहरु घरमा आउने अतिथिहरुलाई चियाको सट्टा मह र चाका खुवाएर स्वागत गर्ने स्थानीय बासिन्दा गोपाल प्रसाद भट्टराईको भनाई छ ।

यहाँका कृषकहरु मौरी पालनमा निकै उत्साही भएका भएपनि राज्यले भने कुनै वास्ता नगरेको उनिहरुको गुनासो छ । गैर सरकारी संस्थाहरु र स्वयं राज्यले पनि मौरी पालनका क्षेत्रमा लाखौँ खर्च गरी रहेको बताउँदा जिल्लामा मौरी पालनको मुख्य ठाउ“ धनचौरका वासिन्दाहरुले भने कुनै सहयोग पाउन नसकेको प्रति चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलिनाले पति विष्णुबिरुद्द लगाइन् यस्तो आरोप ! गाडिएको अवस्थामा बालिकाको शव फेला: मावली हजुरबुबा सहित ६ जना पक्राउ राजेन्द्र पाण्डेको प्रश्न- दुई तिहाइ छ भन्दैमा सरकारले घमण्डी देखाउँदै मनलाग्दी गर्न पाइन्छ ? तनहुँमा बस दुर्घटना महिला टी-२० सिरिजमा नेदरल्याण्डसमाथि थाइल्याण्डको सहज जित विष्णुविरुद्ध एलिनाले हालिन् सम्बन्ध विच्छेदको मुद्दा आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश टिकटक भिडियो ‘आपत्तिजनक’ भएको भन्दै बाबुद्वारा १३ वर्षीया छोरीको गोली हानी हत्या महाकुम्भ मेलामा भएको भागदौडमा सम्पर्कविहीन भएका चार नेपालीमध्ये एक जना सम्पर्कमा हेलिकप्टरसँग ठोकिएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटनाको कारण खुल्ने अपेक्षा कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली छायांकन भइरहेका बेला बाल्कोनीबाट खस्दा पोर्नस्टारको मृत्यु प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपा सांसद संसदमा प्रधानमन्त्रीले भनेः ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ सभामुखले संसद अघि बढाएपछि रास्वपाले गर्‍यो बहिष्कार महाराजगञ्जमा महिला मृत भेटिइन् प्रतिनिधि सभामा रास्वपा सांसदको अवरोध, सभामुखसँग सवाल जवाफ महिला कर्मचारीसँग अनैतिक कृयाकलाप गर्दागर्दै सिनियर अहेब सापकोटा होटलबाट रङ्गेहात पक्राउ लामिछानेलाई सभामुखको जवाफ– पूर्वाग्रहले होइन कानून बमोजिम नै सांसद पद निलम्बन इजरायलमा अर्को सातादेखि कामदार पठाइँदै