2026-08-29 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दुर्गम गाउँमा माउरी पालनबाट मनग्य आम्दानी

जितेन्द्र खत्रि, भदौ १८, अर्घाखाँची / अर्घाखाँची जिल्लाको दुर्गम गाउँ धनचौर गाविसका कृषकहरु मौरी पालन ब्यबसायमा आकर्षित भएका छन् ।

थोरै लगानी र कम मेहनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषकहरु मौरी पालन ब्यबसायमा आकर्षित भएका हुन् । धनचौर गाविसमा करिब एक वर्षदेखि नै मौरी पालन गर्दै आएको भएपनि १० बर्ष यता भने यहाँका कृषकहरुले ब्यबसायीक रुपमै मौरी पालन गर्दै आएका छन् । गाविसका प्रत्येक घर घरमा मौरी पालिएको भएपनि वडा नं.५, ६, ७ र ८ का कृषकहरु भने ब्यबसायिक रुपमै मौरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

धनचौरमा चिउरीको जंगल हुनुको साथै पर्याप्त मात्रामा तोरीको खेती गरीने र मौरीका लागि उपयुक्त किसिमको हावापानी समेत पाइने हुँदा मौरी पालन ब्यबसाय निकै फस्टाएको स्थानीय बासिन्दाहरुको भनाई छ ।

मौरीबाट सोंचे भन्दा बढी आम्दानी लिन पाएपछि युवाहरु पनि वैदेशिक रोजगार र सरकारी जागिर समेत छाडेर मौरी पालन तर्फ आकर्षित भएका छन् ।

धनचौरमा कृषकहरुले एउटै घरमा ५ देखि ५० घारसम्म मौरी पालन गर्दै आएका छन् । मौरी बर्षमा २ पटक काडेर मह निकालिने र एउटा घारमा बर्षमा १० देखि २० के.जी.सम्म मह निकालिने गरेको कृषकहरुको भनाई छ ।

मुढे घारबाट मौरी ब्यबसाय संचालन गर्दै आएका कृषकहरुले दुईबर्ष यताआधुनिक घारमा मौरी पाल्न थालेका छन् । आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्नपनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने मह भन्दा दुई तिहाई बढी उत्पादन लिन सकिने उनिहरुको भनाई छ ।

धनचौर गाविस ५ का बासुदेव पाण्डे मौरी पालनबाट बर्षमा २ लाख रुपैयाँ आम्दानी गर्ने बताउँछन् । पाण्डेले ३० घार मौरी पाल्दै आएका छन् । मौरीको आम्दानीबाट ६ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउ“दै आएको उनको भनाई छ ।

बाबु बाजेका पाला देखि नै पाल्दै आएकौ मौरीलाई थोरै ब्यबस्थित गरेर घार बढाए यसैबाट घरखर्च चलेको छ । केही रकम संचीत पनि भएको छ उनले बताए ।

वार्ड नं. ६ का लेखनाथ पाण्डेले पनि माहुरी बाटै आङ्खनो जिविकोपार्जन चलाएको बताउछन् । २० घार मौरी पालेका पाण्डेले वर्षमा १ लाख सम्मको आम्दानी गर्ने बताए ।

सदरमुकाम सन्धिखर्कबाट ६ कोष टाढा पर्ने धनचौर एउटा विकट गाविस भएपनि मौरीको लागि उदाहरणीय गाविस बनेको छ । यहाँका बासिन्दाहरु घरमा आउने अतिथिहरुलाई चियाको सट्टा मह र चाका खुवाएर स्वागत गर्ने स्थानीय बासिन्दा गोपाल प्रसाद भट्टराईको भनाई छ ।

यहाँका कृषकहरु मौरी पालनमा निकै उत्साही भएका भएपनि राज्यले भने कुनै वास्ता नगरेको उनिहरुको गुनासो छ । गैर सरकारी संस्थाहरु र स्वयं राज्यले पनि मौरी पालनका क्षेत्रमा लाखौँ खर्च गरी रहेको बताउँदा जिल्लामा मौरी पालनको मुख्य ठाउ“ धनचौरका वासिन्दाहरुले भने कुनै सहयोग पाउन नसकेको प्रति चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो