आर्थिक वर्ष २०७४/०७५ को तुलनामा  आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना  वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा  १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  आर्थिक वर्ष २०७४/०७५ को तुलनामा  आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना  वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा  १"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सवारी दुर्घटनामा वृद्धि

१७ श्रावण २०७६, शुक्रबार ०८:१५

 आर्थिक वर्ष २०७४/०७५ को तुलनामा  आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना  वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा  १०४ को मृत्यु २३३ को अवस्था नाजुक  र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार ती दुर्घटनामा २५१ सवारीसाधन परेका थिए । आव २०७४/२०७५ मा भने जिल्लामा १७१ सवारी दुर्घटनामा ७९ को मृत्यु २१५ को अस्था नाजुक, ८५ सामान्य घाइते भएका थिए । ती दुर्घटनामा २२४ सवारी साधन परेको उहाँको भनाइ थियो । 

 गत आवमा सबैभन्दा बढी मोटरसाइकल  १२३, बस  ३४, ट्र्याक्टर १९, जीप तथा कार ३२,  टेम्पो १२, ट्रक १२, टिपर छ, माइक्रोबस एक दुर्घटनामा परेका थिए । चालकको लापरवाहीबाट ९८, तीव्र गतिका कारण ६७, यात्रुको गल्तीका कारण चार, मापसेका कारण पाँच,  सडकको अवस्थाका कारण तीन, यान्त्रिक गडबडीबाट पाँच, उछिनेर दुई, मौसमका कारण एक दुर्घटना भएको प्रहरीको अनुसन्धानमा जानकारीमा आएको थियो । 

ट्राफिक प्रहरीले गत आवमा दुर्घटनामा संलग्न ५२ चालकलाई सार्वजनिक मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको थियो । सो अवधिमा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ हजार ५१० चालकलाई गरेको कारवाहीमा रु दुई करोड १३ लाख पाँच हजार राजश्वसमेत सङ्कलन भएको उक्त कार्यालयले जनाएको थियो । यसैबीच जिल्लामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेतले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ