2026-08-29 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सालझण्डी ढोरपाटन सडक खण्डको ट्रयाक खुलेपछि स्थानीय लाई फाइदै फाइदा

जितेन्द्र खत्रि, भदौ २४, अर्घाखाँचि / दुई ठाउँमा गाडि फेरी ७ घण्टाको गाडीको यात्रा पुरा गरी बुटवल पुग्ने पटौटी अर्घाखाँचीका राम लाल खत्रि अहिले करिव साडे २ घण्टामै बुटवल पुग्नुहुन्छ । पोखराथोक ४ अर्घाखाँचीका तान बहादुर खनाल बुटवलको लागि ३ घण्टाको पैदलबाटो हिंडी निगाली आएर ४ सय पचास रुपैयाँ भाडातिरेर पाल्पा हुँदै घण्टौ लगाएर बुटवल जानु पथ्र्यो । अहिले दुई घण्टामै २ सय रुपैया भाडा तिरेर बुटवल जाने गरेको बताउनु हुन्छ ।

dhorpatn

बुटवल जान मोटरसाइकलमा झण्डै ५ घण्टा लगाउने पणेना अर्घाखाँचीका लिला राउत अहिले २ घण्टामै बुटवल पुग्नु हुन्छ । काश्यप , रास्कोटी र पोख्रेलका कुरा सुन्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविकै हो । तर सालझण्डी देखि सन्धिखर्क हुँदै ढोरपाटन सम्मको ट्रयाक खुले सँगै अर्घाखाँची जिल्लाका हजारौ स्थानीय बासिन्दालाई निकै राहतको महसुस भएको छ । बुटवलबाट गोरुसिङ्गे सन्धिखर्क सडक भएर सन्धिखर्क आउनु भन्दा सालझण्डी ढोरपाटन भएर आउँदा २७ किलोमिटर दुरी छोटो भएपछि जिल्लाका बासिन्दलाई यात्रा गर्न सजिलो भएको हो ।

बुटवलको लागि गोरुसिङ्गे सन्धिखर्क सडक भेटाउन घुम्टि पर्खनु पर्ने पोखराथोक, पटौटी पणेना, धातिवाङ्ग, मैदान, पाली अड्गुरी र खिदिमका बासिन्दाहरुले आफ्नै घर आँगनबाट सालझण्डी ढोरपाटन सडक बने सँगै निकै खुसी भएका छन् । गाउँको बाटो भएर सडक गएपछि अहिले अर्घाखाँचि र गुल्मी जिल्लाका विकट ग्रामिण क्षेत्रहरु समेत बजारीकरण बन्दै गएका छन् । घनाजङ्गल र बस्ती नै नभएका खर्कहरु समेत अहिले मानव बस्तीका कारण निक्कै आकर्षक स्थान बन्न पुगेका छन् भने एक दुईवटा खरले छाएर बनाइएको झुपडीहरुमा अहिले आकर्षक पक्की घरहरु बनाईदै गरेको देख्न पाइन्छ । सालझण्डी ढोरपाटन सडक निर्माणसँग सडक आसपासका क्षेत्रमा जग्गा जमिनको मुल्य समेत आकाशीयको स्थानीय बासिन्दाहरुको भनाई छ ।

सडक निर्माणको काम सुरुवात भएसँगै गाउँमा सहरबाट जग्गा किन्न आउनेहरुको भिड लागेको स्थानीयको भनाई छ । ३÷४ वर्ष पहिलेसम्म सित्तैमा जग्गा दिन्छौ भन्दा पनि कोहि किन्न आउने थिएनन् अहिले मुखको भाउमा जग्गा खोज्न आउने गर्दछन् पोखराथोक ९ का रामबहादुर थापाले बताउनु भयो । सडक निर्माणसँगै अहिले अर्घाखाँचीको सन्धिखर्क, रतनमारे ,निगाली देउराली ,रुपन्देहीको सालझण्ण्डी, गुल्मीको पुर्काेट दह, अर्खवाङ्ग, बाग्लुङ्को राजकुट, देविस्थान लगायतका बजार क्षेत्रमा घडेरीको मुल्य निक्कै आकासीएको छ । सन्धिखर्कमा एकहात घडेरीको मुल्य ५ लाख ५० हजार सम्म पर्ने गरेको स्थानीयको भनाई छ । सडक छेउकै ग्रामिण इलाका बजार क्षेत्रहरुमा प्रतिहात ५० हजार मुल्यमा घडेरी विक्रि हुने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

झण्डै ५ वर्ष पहिलेबाट सुरु भएको सडक निर्माणको कामलाई निक्कै तिब्रताका साथ अगाडि बढाइएको छ। हाल सालझण्डी देखि ढोरपाटन सम्म सडकको ट्राक समेत खुलेको छ भने सालझण्डी देखि पुर्काेट दहसम्मको १ सय ५ किलोमिटर सडकमा डबल कटिङको काम समेत पुरा भएको छ भने पुर्काेटदह देखि अर्खवाङ्ग बुर्तिवाङ्ग हुँदै ढोरपाटन सम्म समेत कटिङ्गको काम भई रहेको छ ।

यस वर्ष सालझण्डी देखि रतनमार ेसम्मको करिव ९० किलोमिटर सडक खण्ड ग्राभल गर्ने तयारी भई रहेको सालझण्डी ढोरपाटन सडक आयोजनाका सव इन्जीनीयर गोपाल थापाले जानाकारी दिनुभयो । अघिल्लो वर्ष करिव १६ करोडको काम भएकोमा यस वर्ष करीव १४ करोड रुपैषको लागतको काम भई रहेको सडक आयोजनाका प्रमुख मेघराज मरासिनीले बताउनु भयो । सडकमा आफुले साेंचे जती गतीमा काम अगाडि बढाउन नसके पनि भई रहेको काम प्रति आफुहरु सन्तुष्ट रहेको मरासिनीको भनाई छ ।

सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सदरमुकाम सन्धिखर्कको रुटमा भने लामो समयदेखि विवाद रहँदै आएको छ । चुत्रावेशी सन्धिखर्क बजारको विचबाट सडक लैजाँदा सयौ घरहरुमा क्षति पुग्नुका साथै करौडौको आर्थिक तथा भौतीक विनास व्यहोर्नुपर्ने भन्दै स्थानीय बासिन्तदाले बजार बाहिरबाट सडक लैजान आग्रह गरेका छन् । स्थानीय बासिन्दाको आग्रह अनुसार बजार बाहिरबाट सडक लैजाने तयारीमा जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरु समेत सकरात्मक बन्दै गएकाले बजारको समस्या समेत टर्नेभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो