८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भाग्यले बाचेकाहरुको बृत्तचित्र सन्धिखर्कमा पर्दशन

११ आश्विन २०७२, सोमबार ०१:२५

जितेन्द्र खत्रि, असोज ११, अर्घाखाँची / नेकपा एमाले निकट अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँचीको आयोजनामा भाग्यले बाचेकाहरु नामक बृत्तचित्र सन्धिखर्कमा पर्दशन गरेको छ । बैशाख १२ गते गएको महाबिनासकारी भूकम्पले पु¥याएको मानबिय क्षतिमा बाचेहरुको बिषयमा तयार पारिएको उक्त बृत्त चित्रमा भुकम्पको लाईभ भिडियो पनि समावेश गरिएको थियो ।

पत्रकार गणेष पाण्डेद्धारा निर्देशित उक्त बृत्त चित्र जयसन्तोषी माँ चलचित्र मन्दिरमा देखाईएको थियो । भुकम्प पिडितको सहयोगका लागि आयोजना गरिएको उक्त कार्यक्रममा अनेरास्वबियु अर्घाखाँचीले भुकम्पमा च्यापिएको ८२ घण्टा पछि जिबितै उद्धार गरिएका अर्घाखाँचीका ऋषि खनाललाई २० हजार रुपैया हस्तान्तरण पनि गरिएको छ । भुकम्पमा परि अर्घाखाँचीका ऋषि खनालले एउटा खुट्टा गुमाउनु भएको थियो ।

डकुमेन्ट्री पर्दशन कार्यक्रममा बृत्तचित्र निर्देशक गणेष पाण्डे, भुकम्प पिडित ऋषि खनाल नै उपस्थित रहनु भएको थियो । सोही अवसरमा भूकम्प पिडितको सहयोगार्थ रसुवा गएको जिल्लाका अखिलका नेताहरुलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा अनेरास्वबियु केन्द्रिय सदस्य लिला बिक, राष्ट्रिय परिषद सदस्य हृदयकुमार भुसाल, भरत न्यौपाने र जिल्ला कमिटि सदस्य प्रदिप भुसाल रहनु भएको छ ।

सम्मानित हुनेलाई एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष जीवनारायण कोइराला र स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले खादा र सम्मान पत्र दिनुभएको थियो । कार्यक्रममा कार्यक्रम अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रदिप नेपालीको अध्यक्षता, सदस्य नबीन केसीको स्वागत मन्तब्य र नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता