२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सार्वजनिक शौचालयमा किराना पसल चलाएपछि…

२०७६, २० श्रावण सोमबार ०३:१९

साउन २०, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । 

सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानीयलाई शौच गर्नलाई निकै सास्ती भएको पिपल्लाका स्थानीय भरत खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ ।” 

विसं २०७४ मा डोटी उद्योग वाणिज्य सङ्घको पहलमा निर्माण भएको उक्त सार्वजनिक शौचालय अहिले निजी बनाएपछि स्थानीय आक्रोशित बनेका छन् । करीब रु छ लाख ३१ हजारको लागतमा उक्त सार्वजनिक शौचालय निर्माण गरिएको स्थानीयवासी तथा  डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले जानकारी दिनुभयो । उक्त सार्वजनिक शौचालयमा तत्कालीन सुदूरपश्चिम खानेपानी तथा सुपरिवेक्षण कार्यालय दिपायल, राजपुरले रु तीन लाख ६९ हजार सहयोग गरेको थियो भने बाँकी रकम डोटी उद्योग वाणिज्य सङ्घले बेहोर्ने गरी निर्माण गरिएको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “म अध्यक्ष भएको बेलामा शौचालय निर्माण भएको हो, पछि कसले कसलाई जिम्मेवारी दिए मलाई थाहा भएन ।” उक्त सार्वजनिक शौचालयमा शौच गरेको रु पाँच तथा दिशा गरेको रु १० लिने नियम राखिएको भए पनि अहिले शौचालय व्यक्तिले आफ्नो निजी काममा मात्रै प्रयोगमा ल्याउन थालेपछि शौचालय प्रयोग गर्न कोही पनि आउँदैनन् ।

सार्वजनिक रुपमा आम नागरिकका लागि निर्माण गरिएको उक्त शौचालयमा खानेपानी कार्यालयले चौबीसै घण्टा पानी निःशुल्क दिँदै आएको छ । उक्त शौचालयको एक कोठामा खन्टी केसीले आफ्ना बाख्रा तथा कुखुरा राख्नुभएको छ भने अर्को कोठामा भएको शौचालय आफूले प्रयोग गर्दै आउनुभएको स्थानीयको आरोप छ । सार्वजनिक ठाउँमा नागरिकका लागि निर्माण गरिएका शौचालय व्यक्तिले आफ्ना निजी बनाउन थालेपछि अहिले बटुवा तथा यात्रुले पिपल्ला बजारका सार्वजनिक ठाउँको प्रयोग गर्दै शौच गर्न बाध्य भएको स्थानीय हर्क बोहराले बताउनुभयो । 

उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आफ्नो वडामा निर्माण भएका सार्वजनिक शौचालयमा कर्मचारी राख्ने तथा सरसफाइ गर्नका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शौचालयमा रेखदेख गर्ने कर्मचारी राख्ने तयारीमा छौँ, अब शौचालय चाँडै नै सबैको प्रयोगमा आउने बनाउँदैछौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण