२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सार्वजनिक शौचालयमा किराना पसल चलाएपछि…

२० श्रावण २०७६, सोमबार ०३:१९

साउन २०, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । 

सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानीयलाई शौच गर्नलाई निकै सास्ती भएको पिपल्लाका स्थानीय भरत खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ ।” 

विसं २०७४ मा डोटी उद्योग वाणिज्य सङ्घको पहलमा निर्माण भएको उक्त सार्वजनिक शौचालय अहिले निजी बनाएपछि स्थानीय आक्रोशित बनेका छन् । करीब रु छ लाख ३१ हजारको लागतमा उक्त सार्वजनिक शौचालय निर्माण गरिएको स्थानीयवासी तथा  डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले जानकारी दिनुभयो । उक्त सार्वजनिक शौचालयमा तत्कालीन सुदूरपश्चिम खानेपानी तथा सुपरिवेक्षण कार्यालय दिपायल, राजपुरले रु तीन लाख ६९ हजार सहयोग गरेको थियो भने बाँकी रकम डोटी उद्योग वाणिज्य सङ्घले बेहोर्ने गरी निर्माण गरिएको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “म अध्यक्ष भएको बेलामा शौचालय निर्माण भएको हो, पछि कसले कसलाई जिम्मेवारी दिए मलाई थाहा भएन ।” उक्त सार्वजनिक शौचालयमा शौच गरेको रु पाँच तथा दिशा गरेको रु १० लिने नियम राखिएको भए पनि अहिले शौचालय व्यक्तिले आफ्नो निजी काममा मात्रै प्रयोगमा ल्याउन थालेपछि शौचालय प्रयोग गर्न कोही पनि आउँदैनन् ।

सार्वजनिक रुपमा आम नागरिकका लागि निर्माण गरिएको उक्त शौचालयमा खानेपानी कार्यालयले चौबीसै घण्टा पानी निःशुल्क दिँदै आएको छ । उक्त शौचालयको एक कोठामा खन्टी केसीले आफ्ना बाख्रा तथा कुखुरा राख्नुभएको छ भने अर्को कोठामा भएको शौचालय आफूले प्रयोग गर्दै आउनुभएको स्थानीयको आरोप छ । सार्वजनिक ठाउँमा नागरिकका लागि निर्माण गरिएका शौचालय व्यक्तिले आफ्ना निजी बनाउन थालेपछि अहिले बटुवा तथा यात्रुले पिपल्ला बजारका सार्वजनिक ठाउँको प्रयोग गर्दै शौच गर्न बाध्य भएको स्थानीय हर्क बोहराले बताउनुभयो । 

उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आफ्नो वडामा निर्माण भएका सार्वजनिक शौचालयमा कर्मचारी राख्ने तथा सरसफाइ गर्नका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शौचालयमा रेखदेख गर्ने कर्मचारी राख्ने तयारीमा छौँ, अब शौचालय चाँडै नै सबैको प्रयोगमा आउने बनाउँदैछौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला