2026-09-19 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसी तुवाचुङ र काठमाण्डौको दक्षिणकाली नगरपालिकाबीच भगिनि सम्बन्ध

चिसाङ शेर्पा  | साउन १९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काठमाण्डौको दक्षिणकाली नगरपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । धार्मिक तथा पर्यटकीय आधारमा नामाकरण भएको दुई नगरपालिकाले आपसी सम्बन्ध कायम गरी अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि दुई नगरपालिकाबीच आईतबार भगिनी सम्बन्ध कायम भएको हो ।

भगिनि सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नतेले हस्ताक्ष गरे । धार्मिक, पर्यटकीय हिसाबले मिल्दोजुल्दो भएकाले भगिनि सम्बन्ध कायम गरिएको दक्षिणकाली नगरपालिकाका नगर प्रमुख बस्नतेले बताए ।

दक्षिणकालीमा गुरु रुम्बुचेले तपस्या गरेको ठाउँ, हलेसी गएर सिद्धी प्राप्त गरेको थलो । हिन्दु, बौद्ध धर्मका संस्कार-संस्कृती दुवै स्थानमा रहेको छ । नगर प्रमुख बस्नेतले भने, ‘मुख्यतः धार्मिक पर्यटकको आदानप्रदान र विस्तार गर्ने लक्ष्यका साथ भगिनि सम्बन्ध कायम भएको हो ।’

धार्मिक पर्यटनलाई टेवा पु¥र्याउन र आन्तरिक पर्यटक बढाउने उद्देश्यले कायम भएको भगिनि सम्बन्धले दुवै नगरलाई फाईदा पु¥र्याउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख राईले बताए । दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ । भने, हलेसी तुवाचुङ नगरपालिका हलेसी माहादेवस्थानको नामले परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई