२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा २५ औं विश्व आदिवासी जनजाती दिवसको उपलक्ष्यमा बिरामीलाई फलफुल वितरण

२०७६, २० श्रावण सोमबार ०७:०१

भास्कर के.सी. | साउन २०, कञ्चनपुर | आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले २५ औं विश्व आदिवासी जनजाती दिवश  धुमधामका साथ मनाउन लागेको छ । यही क्रममा आज आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले महाकाली अञ्चल अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण तथा उनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छन् । 

फलफुल वितरण गर्दै आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष प्रेमवती रानाले विरामीहरुको सिघ्रस्वाथ्य लाभको कामना गर्नु भएको थियो । यही साउन २४ गते (अगस्त ९)मा हुने आदिवासी दिवशको उपलक्ष्यमा जिल्ला समन्वय परिषदले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । जसको शुरुवात साउन १८ गते बेलौरीमा नगर समिति गठन गरेको छ, १९ गते वेदकोट नगरपालिकामा नगर समिति गठन गरेको छ । २० गते महाकाली अञ्चल अस्पतालमा विरामीलाई फलफुल वितरण गरेको छ । २१ गते वृद्धआश्रम बनखेतमा फलफुल तथा खाद्यान्न वितरण गर्ने भएको छ । २२ गते रक्तदान  २३ गते २५ औं विश्व आदिवासी जनजाती दिवशको तयारी गर्ने र २४ गते वृहत रुपमा आदिवासी जनजाती दिवश मनाउने कार्यक्रम रहेको नेवाःदेपू दवूका केन्द्रिय सदस्य विकास श्रेष्ठले बताउनु भयो ।

उक्त फलफुल वितरण कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द वेदकोट नगरपालिका वडा नं. २ अध्यक्ष नरेश सिह, आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष प्रेमवती राना, नेवाःदेपू दवूका केन्द्रिय सदस्य विकास श्रेष्ठ लगायत आदिवाशी जनजाती संघमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस