2026-08-29 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा

जितेन्द्र खत्रि /असोज १६, अर्घाखाँची ।  आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा पर्नेगरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

शीर मेमोरियल अस्पताल अफ सेभेन्थ–डे एडभेन्टिस्ट बनेपा,काभ्रेको आयोजनामा पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरण सम्बन्धि जिल्ला अस्पताल अर्घाखाँचीमा सम्पन्न एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
गर्भवती र सुत्केरी अबस्थामा पोषिलो खानाको साथमा आरामको जरुरत पर्छ, सुत्केरी गराउँदा स्वास्थ्य सँस्थामै लैजानुपर्छ भन्नेकुराको ज्ञान हँदाहदैपनि बेवास्ता गरी भारी काम गर्ने,सन्तुलित भोजन नगर्ने र सुत्केरी हुनेबेलामा ध्यान नदिएकै कारण बर्षेनी नेपालमा थुप्रै महिलाको पाठेघर खस्ने र गर्भवती एवम् सुत्करी महिलाको ज्यान समेत जाने गरको हुनाले यसलाई रोकथाम तथा न्यूनिकरण गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरण कार्यक्रम फिल्ड कोडिनेटर प्रलाद शर्माले बताउनुभएको छ ।

कार्यक्रमको प्रस्तुतीकरण गर्दै कार्यक्रमका फिल्ड कोडिनेटर प्रलाद शर्माले बि.सं.२०१६ सालबाट कार्यक्रमको अभियान थालेको शीर मेमोरियल अस्पताल अफ सेभेन्थ–डे एडभेन्टिस्ट बनेपा,काभ्रेले बिभिन्न जिल्लाहरुमा कार्यक्रम सम्पन्न गरी अर्घाखाँची जिल्लामा आएको भन्दै कार्यक्रमलाई सफल बनाउन सरोकारवाला सबैको सहयोगको खाँचो पर्नेहुनाले सबैलाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले नेपाल भौगोलिक धरातलको बिभिन्नता भएको र सोहिअनुसार जनस्तर पनि फरक–फरक हुनेहुनाले काम गर्दापनि सोहिअनुसार उतार–चढाब आउने भन्दै अर्घाखाँची जिल्लामा अत्यन्तै महत्वपूर्ण कार्यक्रम आएकोले आफु खुिश भएको र कार्यक्रमलाई जिल्लाबाट आबश्यक सहयोग पुर्याउने बताउनुभएको छ ।उहाँले अर्घाखाँची जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विद्यालय जानबाट बन्चित बाल–बालिका र बाल बिवाह गरी बसेकाहरुको समुहको माझमा यो कार्यक्रम लैजानुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै निमित्त जिल्ला शिक्षा अधिकारी लिला राहुत र नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले अत्यन्तै प्रभावकारी र सान्दर्भिक अभियानमुखी कार्यक्रम भएकोले यसलाई स्थानिय तहमा रहेका शिक्षाको पहुच भन्दा बाहिर रहेका बर्ग समक्ष लैजानुपर्ने भन्दै यसलाई सफल पार्न आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो