दान बहादुर बुढा | साउन २०, मुगु | मुगुको छाँयानाथ रारा नगरपालिका ४ का वडा अध्क्षय बिष्णु कुमार भामले आफु जनप्रतिनिधी भए वापतको नेपाल सरकारबाट पाउर्ने सेवा वापतको तलब भता बुझने गरेको सबै रकम नगरपालिका भित्र रहेको सबै बिपत्न र्बगहरुलाई दिर्ने भामले घोषणा गरेका छन् |

आज बिहान छायानाथ रारा नगरपालिका ढुम गाँउमा रहेका बिपत्न गरिब दलित बस्तीबाट एक पत्रकार सम्मेलन कार्यक्रम गरि राहत सामाग्री सहित हस्तान्तरण गरी सामाजिक उतरादायित्व सन्दर्भमा आफुले बिपत्न बर्गलाई सहयोग स्वरुप आफ्नो तलब भता दिर्ने बताएका छन ।

५ बर्ष सम्म हुर्ने सबै पारिश्रमीक तलब भता छायानाथ रारा नगरपालीका भित्र रहेको १ देखी १४ वडा सम्म रहेका गरिब बिपत्न दलित रहेका ३४ बस्तीहरुमा रहेकालाई फरक फरक हिसाबले कुनै बस्तीका सरसफाई सामान,बिद्यार्थिहरुलाई किताब कापी, कलम, झोला,कुनै बस्तीमा खाद्यान्न,कुनै बस्तीमा भाडा वतान दिएर सहयोग गर्ने , गमगढी बजार चौन,चौतारा,बोटुधारा,ताल्चा एयरपोट,राराको मिलीचौर मा ६ स्थानमा सार्बजनिक शैचालय पनि बनाई दिर्ने उद्घोष गरेका छन ।

वडा अध्क्षय भामले आज पहिलो दिन ढुम गाँउका १ सय ४४ घर परिवार लाई प्रत्येक घर धुरीलाई २ लिटरको दरले खाने तेल आफ्नो तलब भत्ताबाट ५० हजार बराबरको सहयोग बितरण गरेका छन ।

स्थानिय बिपत्न बर्गका मानिसहरु निकै सुखी भएका छन ।

सहयोग पाउनु भन्दा पनि अन्य जनप्रतिनिधीहरु भोट माग्न आउन्छन । बिजय भएपछि कहिले पनि गाँउ घर नआउर्ने धेरै जनप्रतिनीधिहरु र नेताहरुको चलन रहेको छ । यी छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षय हप्ता महिना पछिक्षे गाँउ बस्ती आउर्ने जनताको दुख सुखमा साथ दिने गरेको हुदा वडा अध्क्षय भाम प्रति सबै जनताहरु खुसी भएका छन |