2026-08-24 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एक्सनमा नगरपालिकाः मापदण्ड मिचेर बनेका टहरा हटाइयो

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडकको दायाँबायाँ मापदण्ड मिचेर बनाएका टहरा हटाएकोे छ । दिक्तेल–हलेसी सडकखण्डको रत्नपार्क, बाम्राङ र दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको अल्छेढुंगामा बनेका टहरा हटाएको हो ।

मापदण्ड मिचेर सडकको दायाँबायाँमा टहरा बनाएका व्यक्तिहरुलाई पटक–पटक हटाउन पत्रचार गर्दा समेत अटेरी गरेकाले सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर टहरा हटाउन थालिएको नगरपालिकाले जनाएको छ । पहिलो दिनमा चारवटा टहरा हटाइएको र अन्य चार वटा टहरालाई २४ घण्टामा हटाउन कागजी सहमतिपछि छोडिएको नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले जानकारी दिए । टहरा हटाउने पहिलो दिनमा दिक्तेल अल्छेढुंगाका प्यारीमाया शर्किनी, बाम्राङका दुर्गा बहादुर कार्की र डिल्ली बहादुर कार्की सहित अन्य एकवटा टहरा हटाइएको छ ।

नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन मापदण्ड मिचेर बनाइएका टहरा हटाउन थालिएको नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । यसपछि मापदण्ड मिचेर प्रक्रिया पूरा नगरेका घरहरु भत्काउन लागिने नगरप्रमुख रिजालले बताए । उनका अनुसार तत्काल चारवटा घरहरु भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडकको दायाँबायाँ ३१÷३१ मिटर छोडेर भौतिक संरचना बनाउन तथा घर, टहरा बनाउँदा नगरपालिकासँग नक्सा पास गरेर मात्रै बनाउन पाईने उनले बताए ।

नगर क्षेत्रभित्र मापदण्ड मिचेर घर टहरा बनाएमा अथवा नक्सा पास नगरी घर टहरा बनाएमा नगरपालिकाले जुनुसुकै वेला भत्काउन सक्ने र भत्काउदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर हुने र नगरप्रमुखको तर्फबाट पाँच लाखसम्म जरिवाना गराउन सक्ने कानुनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए । नगरपालिकाले पटकपटक सूचना तथा लिखित जानकारी दिए पनि मापदण्ड मिचेर बनाइएका संरचना नहटाएकाले अब सवैखाले घर टहरा भत्किने नगरपालिकाले जनाएको छ । यद्यपी, स्थानीयहरुले भने नगरको कामप्रति असन्तुष्टि जनाएका छन् । जनताले बनाएका मात्रै संरचना भत्किने कि नगरले समेत मापदण्ड मिचेर बनेका संरचना भत्किने भनेर प्रतिप्रश्न गरे । आफूहरुलाई विना जानकारी टहरा हटाइएको बाम्राङका दुर्गा बहादुर कार्कीले दुखेसो पोखे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन