2026-10-24 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एक्सनमा नगरपालिकाः मापदण्ड मिचेर बनेका टहरा हटाइयो

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडकको दायाँबायाँ मापदण्ड मिचेर बनाएका टहरा हटाएकोे छ । दिक्तेल–हलेसी सडकखण्डको रत्नपार्क, बाम्राङ र दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको अल्छेढुंगामा बनेका टहरा हटाएको हो ।

मापदण्ड मिचेर सडकको दायाँबायाँमा टहरा बनाएका व्यक्तिहरुलाई पटक–पटक हटाउन पत्रचार गर्दा समेत अटेरी गरेकाले सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर टहरा हटाउन थालिएको नगरपालिकाले जनाएको छ । पहिलो दिनमा चारवटा टहरा हटाइएको र अन्य चार वटा टहरालाई २४ घण्टामा हटाउन कागजी सहमतिपछि छोडिएको नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले जानकारी दिए । टहरा हटाउने पहिलो दिनमा दिक्तेल अल्छेढुंगाका प्यारीमाया शर्किनी, बाम्राङका दुर्गा बहादुर कार्की र डिल्ली बहादुर कार्की सहित अन्य एकवटा टहरा हटाइएको छ ।

नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन मापदण्ड मिचेर बनाइएका टहरा हटाउन थालिएको नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । यसपछि मापदण्ड मिचेर प्रक्रिया पूरा नगरेका घरहरु भत्काउन लागिने नगरप्रमुख रिजालले बताए । उनका अनुसार तत्काल चारवटा घरहरु भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडकको दायाँबायाँ ३१÷३१ मिटर छोडेर भौतिक संरचना बनाउन तथा घर, टहरा बनाउँदा नगरपालिकासँग नक्सा पास गरेर मात्रै बनाउन पाईने उनले बताए ।

नगर क्षेत्रभित्र मापदण्ड मिचेर घर टहरा बनाएमा अथवा नक्सा पास नगरी घर टहरा बनाएमा नगरपालिकाले जुनुसुकै वेला भत्काउन सक्ने र भत्काउदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर हुने र नगरप्रमुखको तर्फबाट पाँच लाखसम्म जरिवाना गराउन सक्ने कानुनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए । नगरपालिकाले पटकपटक सूचना तथा लिखित जानकारी दिए पनि मापदण्ड मिचेर बनाइएका संरचना नहटाएकाले अब सवैखाले घर टहरा भत्किने नगरपालिकाले जनाएको छ । यद्यपी, स्थानीयहरुले भने नगरको कामप्रति असन्तुष्टि जनाएका छन् । जनताले बनाएका मात्रै संरचना भत्किने कि नगरले समेत मापदण्ड मिचेर बनेका संरचना भत्किने भनेर प्रतिप्रश्न गरे । आफूहरुलाई विना जानकारी टहरा हटाइएको बाम्राङका दुर्गा बहादुर कार्कीले दुखेसो पोखे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने