2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

वीपी प्रतिष्ठानमा रुखले किचेर २ जना घाइते

साउन २३, धरान | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ |

घाइते हुनेमा जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन् । प्रतिष्ठानको पियाआईसियूमा छोराक्रितिक यादवको उपचार गराइरहेका उनीहरुलाई बाटोमा हिँड्दा हिँड्दै रुख ढलेर किचेको हो । मानवीयताको हिसाबले घाइते दुवैजना र बिरामी छोराको औषधि र उपचार खर्च निःशूल्क गरिने प्रतिष्ठानले बताएको छ  । पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२.ह. ५५७५ नम्बरको टेम्पोलाई समेत पूर्णरुपले रुखले क्षति पुर्याएको छ ।

 रुख ढलेर ठूलो एवम् अप्रिय क्षति नभएको भएतापनि भविष्यमा हुनसक्ने दुर्घटना रोक्न प्रतिष्ठान पसिरमा रहेका बुढो रुखहरुको कटान गरी नयाँ वृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको प्रतिस्ठानको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई