Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको छायाँनाथ नगरपालिकाले गर्यो कार्यक्रम र बजेट सार्वजनिक

२०७६, २३ श्रावण बिहीबार ११:५४

दान बहादुर बुढा | साउन २३, मुगु | मुगु जिल्लाको चार बटा स्थानिय तह मध्य एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नो  निती तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । गत असार १० गते उद्घाटन भई ३१ गते समापन नभएको छायाँनाथ रारा नगरपालिकाको पाचौ नगर सभाले सर्वसम्मत पारित गरेको निती,कार्यक्रम तथा बजेट बुधवार जिल्ला समन्वय समितीको सभा हलमा नगरपालिकाले सार्वजनिक गरेको हो ।

निती तथा कार्यक्रम नगर प्रमुख हरि जंगशाही र बजेट उपप्रमुख सुन्तला रोकायाले बाचन गरेर सार्वजनिक गर्नु भएको थियो । संविधान त प्रदानगरिएको सुचनाको हक अनुसार आमजनतालाई नगरसभाले पारित गरेका निर्णयहरुर नगरपालिकाका गतिविधी पारदर्शी हुनभनेर नगरसभाले निती,कार्यक्रम तथा बजेट आमजनता र सरोकारवालहरुको माझमा सार्वजनिक गरेको नगर प्रमुख शाहीले बताउनु भयो ।

नगरसभाबाट पारित भइ साउन महिनाबाट कार्यान्वयनमा आएको छायाँनाथको आ.व २०७६-०७७को बजेट, कार्यक्रम पारदर्शी र गुणात्मक रुपमा कार्यान्वयन होस र कोही कसैले पदमासी गर्न नपाओस भनेर सार्वजनिक गरिएको उपप्रमुख सुन्ताला रोकायाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेकपा मुगु जिल्ला कमिटीका सदस्य सन्तोस मल्लले कार्यक्रम जनमुखि भएका र सफल कार्यान्यनको लागीआफनो पाटीको साथ रहने बताउनु भयो भने नेपाली काँग्रेस मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लले कार्यक्रम,बजेट बाँडफाड  राम्रा भएपनि कार्यान्वयनमाआफुलाई शंकालागेको बताउनु भयो ।

सार्वजनिक गरिएको नगरको यो आबको कुल ५२ करोड बजेटमा सबै भन्दा बढी शिक्षामा र सबै भन्दाकम कृषिमा विनियोजन गरिएको छ । प्रस्तुत बजेट वडा स्तरबाट छनौट गरिएर आएका योजना,नगरका गौरवका योजना नियमित र विगत बर्षमा नगरले अबलम्बनगदै आएका कार्यक्रममा विनियोजन गरिएको छ । 

नगरपालिकाले नगर क्षेत्रमा  विधुत अनियमिताको समस्यालाई समाधान गर्न नगरपालिका र वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको समन्वयमा यो आर्थिक बर्षबाट १ मेगावाट क्षमतााको विधद्युत उत्पादन गर्न २ करोड रकम छुटाएको छ भने मुगु जिल्लामा रहेको नेपाल कै ठुलो र गहिरो ताल रारा हेर्न आउने आन्तरिक तथाबाईय पर्यटकहरुलाई जिल्ला सदरमुकाम गमगढीमा बसाउन र धार्मिक स्थल छायाँनाथको दर्शन गराउन गमगढी–बालै–राताचौर सडकलाई वहुबर्षिय  योजनाकालागी सडक बनाउन ५०  लाख रकम विनियोजन गरिएको छ । यस्तै मेयर स्वरोजगार कार्यक्रम,गरिवसंग मेयर कार्यक्रम,मेयर कप प्रतियोगिता,कवडहल निमार्ण,छायाँनाथ सभाहल निमार्ण,गमगढीमा मेयर पार्क निमार्ण,डम्पिङ्ग साईड निमाण,पत्रकार महासंघ भवन निमार्णा,सडक बत्र्ती,गमगढी विपीमार्ग हुदै मुलसडकसम्म सडक निमार्णलाई नगरपालिकाले गौरवका योजनाभनी रकम विनियोजित गरेको छ ।

नगरसभाले अनुमोदन गरेर कार्यविधि बनाई चालु अवस्थामा रहेका कार्यक्रमहरु एक छोरी एक खाता,एकल पुरुष प्रोस्साहन भत्ता,दुई सन्तान स्थायी बन्ध्याकरण गर्ने दम्पती प्रोत्साहन भत्ता,प्रारम्भिक बालविकास कक्षााका शिक्षक प्रोत्साहन भत्ता,स्वास्थ्य स्वयंसेविका संचार खर्च,नगर साक्षरता कार्यक्रम,विपन्न,दलित  विद्यार्थी शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिईएको छ भने राराको सल्लेरीमा सवारी साधनपार्किङ्ग स्थल निमार्ण,रारामाआउने पर्यटकका लागी फोहर संकलन झोला निमार्ण, स्वयं सेविका प्रोत्साहन भत्ता,समुदाय सुरक्षानिकाय साझेदारी कार्यक्रम,कानुनी सहायता कक्षा,लोकसेवातयारी कक्षा,जेष्ठ नागरिक सम्मान कार्यक्रम जस्ता नयाँकार्यक्रम प्रस्तावगरि नगरपालिकाले बजेट छुटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी