२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना : बसमा सवार यात्रुको नाम प्राप्त

२४ श्रावण २०७६, शुक्रबार ०४:५६

साउन २४, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ ।

 मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ ।

ना६ख ७४६९ सृष्टि डिलक्स आज बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना,  भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।

बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ को पहिचान भएको छ । पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।

 मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीको आफन्तहरुको भीड लागेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव