2026-10-24 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एक्सनमा मेयर : मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि छोड्दिन

चिसाङ शेर्पा  | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको सोमबारदेखी मध्यपहाडी लोकमार्ग सडकको दायाँबायाँमा मापदण्ड विपरीत बनेका टहरा हटाउन थालेको छ । हालसम्म नगरपालिकाले १० वटा टहरा भत्काएको छ ।

 नगरपालिकाले मापदण्ड विपरीतका टहरा भत्काउदै गर्दा स्थानीयहरुले केही अवरोध गरे भने, आक्रोशित पनि बनेका छन् । सानाठूलाको व्यवहार गरेर काम भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । यहि विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालसँग गरिएको कुराकानीको संम्पादित अंश-

मापदण्ड विपरीत बनेका टहरा हटाउन सुरु भएको छ । यो गर्नै पर्ने काम हो ?

 हो यो गर्नैपर्ने भएकाले नै गरिएको हो ।

टहरा हटाउने कार्य बर्खामा (बेमौसमी) भयो भन्ने छ नि ? 

यो मौसम, बेमौसमको कुरा भएन । हामी निर्वाचित भएदेखी उहाँहरुलाई मापदण्ड विपरीत घर नबनाउनुहोस, नक्सा पास गरेर मात्रै घर बनाउनुहोस । मुआब्जा लिएको ठाउँमा घर, टहरा नबनाउनुस भनेर धेरैभन्दा धेरै अनुरोध गर्दा पनि उहाँहरुले अटेर गरीसकेपछि हामीले चाँहि त्यसलाई मौसम,बाढी कुनै चिज पनि हेरेनौं ।

टहरा हटाउदा-भत्काउदा विना जानकारी, मनपरी भत्काइयो भन्ने आरोप छ त ?

आरोप त जे लगाउदा पनि भइहाल्छ नि ! आरोप भनेको आरोप हो नि त हैन ? आरोप जे लगाउदा पनि हुन्छ नि । तर, कानुन र परिधीमा रहेका मापदण्ड विपरीत बनेका घर टहरा नगरपालिकाले जुनसुकै बेला पनि भत्काउन सक्छ । यति बुझ्दा हुन्छ । 

मुआब्जा पाएका तर, घर नभत्काएको चाँहि नभत्काएर, बिहान बेलुका गरीखानेको बास उठाइयो भन्ने छ नि ?

त्यस्तो चाँहि कुन हो पहिचान हुनुप¥र्यो । मैले सुरुवात देखी नै भनेको छु मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि म छोड्दिन । आफ्नै बुवा भए पनि म छोड्दिन भनेपछि त भोट दिएका-नदिएका कोही हेरिन्न । कसैलाई काखा, कसैलाई पाखा गरिन्न । मुआब्जा खाएको छ । घर भत्काएको छैन भने, उसको घर अनिवार्य भत्किन्छ ।

मापदण्ड विपरीत बनेका घरहरु कती छन् र किन नभत्किएको ?

मापदण्ड विपरीत बनेका घरहरु चार वटा छन् । उहाँहरुलाई हामीले पुनरावेदन गर्ने अवस्थामा पुगेका छौ । ति चार घर अन्तिम फैसलाको स्टेजमा छ । बाँकी घरहरुको प्रक्रियामा छौ । केही घरहरु भत्काउने शन्र्दभमा केही प्रक्रियाहरु छन् । त्यो प्रक्रिया हामी पूरा गदैछौ । र, पहिलो चरणमा टहराहरु भत्काइसकेपछि-हटाएपछि दोश्रो चरणको कार्यक्रम चाँहि घरहरु भत्काउने छ । 

मापदण्ड विपरीतका टहरा हटाउने अभियानमा स्थानीयको अवरोध तथा आक्रोशित छन् नगरपालिका कसरी अघि बढ्छ ?

उहाँहरुले अवरोध गर्नुपर्ने, आक्रोश हुनुपर्ने कुनै कारण छैन । सवै स्थानीयवासीलाई अनुरोध गर्छौ हामी कानुनभन्दा माथि कोही पनि छैनौ । कानुन कार्यन्वयन गर्नका लागि तपाईहरुले हामीलाई निर्वाचित गराउनु भएको हो । त्यसो भएको हुनाले नियमभन्दा विपरीत भएको कामलाई नियमसंगत बनाउका लागि गरिएको प्रयास हो ।

यसमा सवै स्थानीयवासीको साथ सहयोग चाँहिन्छ । साथ सहयोग दिनुपर्छ । कसै पनि आक्रोशित नहुन, कोही पनि उत्तेजनामा नआउन सवैलाई अनुरोध गर्न चाहान्छु । र, यदि कोही कसैले धाक धम्की दिने, कसैले अमानवीय व्यवहार गर्ने किसिमको प्रयास गर्नुभयो भने, उहाँहरुलाई नगरपालिकाले थप कारवाही समेत गर्नसक्छ । घर टहरा भत्काउदा लागेको क्षतिपूर्ती उहाँहरुबाट लिने र पाँच लाख रुपैयाँसम्म जरिवाना गराउनेसम्मको कानुनी कारवाही हुन्छ । त्यसले गर्दाखेरी त्यतातिर नजानको लागि र नगरपालिकालाई पनि त्यतातिर बाध्य नगराउन पनि अनुरोध गर्छु ।

टहरा हटाउने अभियान कहिलेसम्म चल्ने र घर कहिलेबाट भत्काउनु सुरु हुने हो ?

जबसम्म नियम विपरीत बनेका टहरा भत्काई सकिन्दैन त्यतिञ्जेलसम्म हामी टहरा हटाउनमा लाग्छौ । अनि त्यसपछि मापदण्ड विपरीतेका घर प्रक्रिया पुरा नगरेका घर भत्काउने कार्यमा लाग्छौ । 

-प्रस्तुती चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने