2026-09-19 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एक्सनमा मेयर : मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि छोड्दिन

चिसाङ शेर्पा  | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको सोमबारदेखी मध्यपहाडी लोकमार्ग सडकको दायाँबायाँमा मापदण्ड विपरीत बनेका टहरा हटाउन थालेको छ । हालसम्म नगरपालिकाले १० वटा टहरा भत्काएको छ ।

 नगरपालिकाले मापदण्ड विपरीतका टहरा भत्काउदै गर्दा स्थानीयहरुले केही अवरोध गरे भने, आक्रोशित पनि बनेका छन् । सानाठूलाको व्यवहार गरेर काम भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । यहि विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालसँग गरिएको कुराकानीको संम्पादित अंश-

मापदण्ड विपरीत बनेका टहरा हटाउन सुरु भएको छ । यो गर्नै पर्ने काम हो ?

 हो यो गर्नैपर्ने भएकाले नै गरिएको हो ।

टहरा हटाउने कार्य बर्खामा (बेमौसमी) भयो भन्ने छ नि ? 

यो मौसम, बेमौसमको कुरा भएन । हामी निर्वाचित भएदेखी उहाँहरुलाई मापदण्ड विपरीत घर नबनाउनुहोस, नक्सा पास गरेर मात्रै घर बनाउनुहोस । मुआब्जा लिएको ठाउँमा घर, टहरा नबनाउनुस भनेर धेरैभन्दा धेरै अनुरोध गर्दा पनि उहाँहरुले अटेर गरीसकेपछि हामीले चाँहि त्यसलाई मौसम,बाढी कुनै चिज पनि हेरेनौं ।

टहरा हटाउदा-भत्काउदा विना जानकारी, मनपरी भत्काइयो भन्ने आरोप छ त ?

आरोप त जे लगाउदा पनि भइहाल्छ नि ! आरोप भनेको आरोप हो नि त हैन ? आरोप जे लगाउदा पनि हुन्छ नि । तर, कानुन र परिधीमा रहेका मापदण्ड विपरीत बनेका घर टहरा नगरपालिकाले जुनसुकै बेला पनि भत्काउन सक्छ । यति बुझ्दा हुन्छ । 

मुआब्जा पाएका तर, घर नभत्काएको चाँहि नभत्काएर, बिहान बेलुका गरीखानेको बास उठाइयो भन्ने छ नि ?

त्यस्तो चाँहि कुन हो पहिचान हुनुप¥र्यो । मैले सुरुवात देखी नै भनेको छु मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि म छोड्दिन । आफ्नै बुवा भए पनि म छोड्दिन भनेपछि त भोट दिएका-नदिएका कोही हेरिन्न । कसैलाई काखा, कसैलाई पाखा गरिन्न । मुआब्जा खाएको छ । घर भत्काएको छैन भने, उसको घर अनिवार्य भत्किन्छ ।

मापदण्ड विपरीत बनेका घरहरु कती छन् र किन नभत्किएको ?

मापदण्ड विपरीत बनेका घरहरु चार वटा छन् । उहाँहरुलाई हामीले पुनरावेदन गर्ने अवस्थामा पुगेका छौ । ति चार घर अन्तिम फैसलाको स्टेजमा छ । बाँकी घरहरुको प्रक्रियामा छौ । केही घरहरु भत्काउने शन्र्दभमा केही प्रक्रियाहरु छन् । त्यो प्रक्रिया हामी पूरा गदैछौ । र, पहिलो चरणमा टहराहरु भत्काइसकेपछि-हटाएपछि दोश्रो चरणको कार्यक्रम चाँहि घरहरु भत्काउने छ । 

मापदण्ड विपरीतका टहरा हटाउने अभियानमा स्थानीयको अवरोध तथा आक्रोशित छन् नगरपालिका कसरी अघि बढ्छ ?

उहाँहरुले अवरोध गर्नुपर्ने, आक्रोश हुनुपर्ने कुनै कारण छैन । सवै स्थानीयवासीलाई अनुरोध गर्छौ हामी कानुनभन्दा माथि कोही पनि छैनौ । कानुन कार्यन्वयन गर्नका लागि तपाईहरुले हामीलाई निर्वाचित गराउनु भएको हो । त्यसो भएको हुनाले नियमभन्दा विपरीत भएको कामलाई नियमसंगत बनाउका लागि गरिएको प्रयास हो ।

यसमा सवै स्थानीयवासीको साथ सहयोग चाँहिन्छ । साथ सहयोग दिनुपर्छ । कसै पनि आक्रोशित नहुन, कोही पनि उत्तेजनामा नआउन सवैलाई अनुरोध गर्न चाहान्छु । र, यदि कोही कसैले धाक धम्की दिने, कसैले अमानवीय व्यवहार गर्ने किसिमको प्रयास गर्नुभयो भने, उहाँहरुलाई नगरपालिकाले थप कारवाही समेत गर्नसक्छ । घर टहरा भत्काउदा लागेको क्षतिपूर्ती उहाँहरुबाट लिने र पाँच लाख रुपैयाँसम्म जरिवाना गराउनेसम्मको कानुनी कारवाही हुन्छ । त्यसले गर्दाखेरी त्यतातिर नजानको लागि र नगरपालिकालाई पनि त्यतातिर बाध्य नगराउन पनि अनुरोध गर्छु ।

टहरा हटाउने अभियान कहिलेसम्म चल्ने र घर कहिलेबाट भत्काउनु सुरु हुने हो ?

जबसम्म नियम विपरीत बनेका टहरा भत्काई सकिन्दैन त्यतिञ्जेलसम्म हामी टहरा हटाउनमा लाग्छौ । अनि त्यसपछि मापदण्ड विपरीतेका घर प्रक्रिया पुरा नगरेका घर भत्काउने कार्यमा लाग्छौ । 

-प्रस्तुती चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई