2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बिश्वको चार धाम मध्ये जेठो धाम मुगुको छायानाथमा मुर्ती मेला शुरु

दान बहादुर बुढा | साउन २४, मुगु | हिन्दु धर्मावलम्बीहरुको  छायानाथ,केदारनाथ,बद्रीनाथ मुक्तीनाथ यी चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज शनिबार विधिवत रुपमा पुजा पाठ गरि छायानाथ तर्फ लगिएको र छाँयानाथमा जनै पुर्णमा मेला शुरु भएको छ ।

 छायानाथमा बाह्रै महिना हिउ पर्ने र अत्याधिक जाडो हुने भएकाले मन्दिरमा बस्न नसकिने हुँदा त्यसको प्रतिकका स्वरुप सदरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नगरपालिका  चैन गाउँमा मन्दिर स्थापना गरिएको र हरेक वर्षको जनै पुर्णिमाका बेला शिव, पार्वती, गणेश, शेष नाग लगायतका मुर्तिहरु नुहाउन छाँयानाथमा लिने गरेका हुन ।

 मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागाईका अनुसार, जनै पुर्णिमाका बेला छाँयानाथ तिर्थयात्रा शिवबाट सत्यदेवीको अन्तिम अंगको पतन भएको यस छायानाथ ठाँउको उक्त स्थानमा पिचारोर महादेबको बासस्थान रहेको ठाँउ शिव,सत्यदेबी,बृद्घ,लगाएतका महादेब रहने र छायानाथको दर्शन गर्न कर्णाली अञ्चलका पाँच जिल्ला दैलेख, सुर्खेत , जाजरकोट, बाजुरा ,अछाम लगायतका २६ जिल्ला र भारतबाट समेत तिर्थालुहरु छायानाथको दर्शन गर्न आउने गरेको पुजारीको भनाई छ ।

 

साउन शुक्ल प्रतिपदा देखि नै तिर्थालुहरु छायानाथ दर्शनका लागि जाने गर्दछन । समुन्द्री सतह देखि ६ हजार मिटर भन्दा बढि उचाईमा रहेको छायानाथ मन्दिरमा जनै पुर्णिमाका विहान सम्म पुजापाठ गर्दै हिन्दु धर्मावलम्बीहरु बस्छन भने जनै पुणिमाको बेलुका सदरमुकाम तर्फ मुर्ति फर्काउने परम्परा रहेको छ ।

छायानाथ जिल्लाको पुर्वी कार्मारोङ्क गाउपालिकाको  डोल्फु गाँउमामा पर्छ भने त्यहाँ पुग्न सदरमुकाम देखि तिन दिनको पैदल यात्रा पछि पुग्न सकिन्छ । करान भेगमा बौद्ध धर्मालम्बीको बसोवास रहे पनि छायानाथ धामलाई बौद्ध र हिन्दु दुवै धर्मालम्बीहरुले आफ्नै परम्परा अनुसार पूजाआजा गर्ने चलन रहेको छ । दुई फरक-फरक धर्मालवम्बीहरुले शिव भगवानलाई अलग-अलग नामबाट पूजा गर्दा दुई धर्मावलम्बी बिच धार्मिक सहिष्णुता कायम गराएको स्थानीयवासीको भनाई छ । 

शिव भगवानले सत्यदेवीको लाश काँधमा राखेर घुमाउदै गर्दा शत्य देवीको अन्तिम शेष छायानाथमा खसेकाले यो धामलाई चार धाम मध्य जेठो धाम मान्ने गरेको पुजारी पुर्णप्रसाद चौलागाईले बताए । चौलागाईका अनुसार यो धाममा रहेका बहुमुल्य धातुका मुर्ती कति पुराना हुन भन्ने बताउन सकिने अवस्थामा छैनन । चैन गाउँमा रहेको मन्दिरबाट २०३६ सालमा र २०४२ सालमा मुर्ती चोरी भएका र दैलेखबाट पत्ता लागेर फिर्ता आएका चौलागाईले बताए । 

मन्दिरमा बहुमुल्य र निकै पुराना धार्मीक मुर्ती सुरक्षाका लागि प्रहरी चौकि नै रहेको छ । छायानाथ जाँदा बहुमूत्य मुति समत भएको हुदा नेपाल प्रहरी सुरक्षको लागी खटीएका छन । त्यस्तै अको तिर्थ स्थल ऋणी मोक्क्षका लागि सुरक्षाकर्मी सहित मुर्ती लिएर पुजारीको टोली आज छायाक्षेत्र तर्फ प्रथान गरेको छ ।  यो बेला जिल्लाका दुई स्थान छाँयानाथ र ऋणमोक्ष तिर्थ स्थलमा तिर्थालु हरुको घुईचो लाग्ने गरेको हुन्छ । पञ्चमीबाट बिश्वका सबै धर्मिक स्थानहरु खेलेका छन परमरिागत रुपमा चल्दै आएको सनातन धर्म अनुसार यस छायानाथ धाममा १४ अञ्चल ७७ जिल्ला तथा भारत , चिन बाट आ आफ्नो मनमा सोचेको बर माग्न,मन शान्ती घर शान्ती बिश्व शान्तीको लागी आउर्ने गरेको अर्का पुजारी भिम प्रसाद चौलागाईले बताएका छन । 

छाँयानाथ तिर्थ पुगेर फ्कीएका जुम्ला जिल्ला कनकासुन्दरी गाँउ पालिका १मा बस्ने गोबि बुढाका अनुसार पुखादेखी चलीआएको चला धार्मिक बिशुवार, सन्तान नभएकाहरुले तसे ठाँउमा पुगेर सन्तानको बर माग्दा सन्तान मिल्ने र मृत आफन्तहरुको सोवर्ग बासकोलागी पूजा समेत गरीने बिशुवार रहेको बताउछन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल