२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम सरकारले गौरा पर्वमा सार्वजनिक विदा दिएन

२४ श्रावण २०७६, शुक्रबार ०८:३५

साउन २४, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशबासीको महत्वपूर्ण चाँड गौरा पर्वमा सार्वजनिक विदा नदिएपछि आलोचना भएको छ । साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण पर्वहरुमा विदा दिने निर्णय गरेको भएपनि गौरा पर्व नसमेटिएपछि आलोचना भएको  हो |

मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्दै साउन ३० गते पर्ने रक्षा बन्धन, भाद्र २ गते परेको अँटवारी पर्व, पौष १० गते परेको भुँवा पर्व र माघ १ गते परेको माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिएको छ तर गौरा भाद्र ६ गते परेको गौरा पर्वमा भने विदा नै दिईएको छैन् ।

गौरा पर्व सुदूरपश्चिमबासीको सांस्कृतिक पहिचान झल्काउने पर्व भएपनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएपछि चौतर्फी आलोचना भएको छ ।  सुदूरपश्चिमलाई राष्ट्रिय स्तरमा चिनाउने पर्व गौरा भएपनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएर जनता माथि अन्याय गरेको स्थानीयको भनाइ छ |

विगतमा संघिय सरकारले समेत गौरा पर्वमा सार्वजनिक विदा दिदै आएकोमा प्रदेश सरकारले विदा नदिनु दुःखद पक्ष भएको जनाउँदै निर्णय सच्याउन सरकारसंग  स्थानीयको आग्र छ  | गौरा पर्व नै सुदूरपश्चिमको पहिचान भएकाले प्रदेश सरकारले तुरुन्त विदा दिनुपर्ने नभए समाजमा गलत सन्देश प्रवाह हुने  जानकारहरु बताउ छन् |  गैरा पर्व सिङ्गो नेपालकै वैदिक संस्कृती भएकाले नै विगतमा संघिय सरकारले समेत विदा दिदै आएको  थियो | आफ्नो प्रदेशको मूल पहिचान र परम्परागत सस्कृतिको रक्षा गर्नु प्रदेश सरकारको दायित्व हो त्यसैले तत्काल प्रदेश सरकारले यहाका जनताको चाहनालाई बुझेर गौरा पर्वको समयमा बिदा दिनु पर्ने देखिन्छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य