सुनकोशीमा डुबेर एक महिलाको मृत्यु

साझासवाल

साउन २५, सिन्धुली | आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकामा सरस्वतीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१  कुशेश्वर मन्दिर नजिक सुनकोशी नदीमा हामफाली बेपत्ता भएको सरस्वतीका श्रीमान् ओमबहादुर रायमाझीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीलाई जानकारी हुनेबित्तिकै खोजी गर्दा घटनास्थलभन्दा २१ किलोमिटर तल  सुनकोशी गाउँपालिका–६ खहरे दोभानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

श्रीमान् र श्रीमतीसँगै हिँडेका सरस्वतीले पानी खाने भनी कोशीको छेउमा गएको र हामफालेको भन्ने बुझिए पनि आवश्यक अनुसन्धान भइरहेको र शव परीक्षणपछि घटनाको बारेमा भन्न सकिने उहाँको भनाइ छ । भेटिएको शव श्रीमान् ओमबहादुरले आफ्नी श्रीमतीको शव हो भनी पहिचान गरिसकेका छन्  । रासस

Leave a Comment

Leave a Reply