२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

२०७६, २६ श्रावण आईतवार ०६:५५

साउन २६, काभ्रे । प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पताल चोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३० र १० थान बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–६ का ४१ वर्षीय राम पराजुली, ३४ वर्षीय प्रशान्त श्रेष्ठ र ३० वर्षीय अशोक श्रेष्ठ, धुलिखेल नपा–९ का ३५ वर्षीय दीपक तामाङ र भक्तपुरको भक्तपुर नपा–६ का ४० वर्षीय गणेश कारञ्जित रहेका छन् ।

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा उनीहरुविरुद्ध आज जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । जुवा ऐनअन्तर्गत एक वर्ष कैद वा जरिवाना गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु