2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

नायब सुब्बाले सुसाइड नोटमा “अख्तियार प्रमुखज्यू, २ सय वर्ष बाँच्नुस् ” भनेर आत्महत्या गरे

साउन २७, उदयपुर | भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन् । आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् । 

सोही नगरपालिका-१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनको साथबाट दुई पृष्ठ लामो ‘सुसाइड नोट’ भेटिएको छ । उनले त्यहाँ ‘आफू निर्दोष रहँदारहँदै भ्रष्टाचार मुद्दा लगाइएको’ जनाएका छन् । ५५ वर्षीय आचार्यले ‘अख्तियार प्रमुख नवीन घिमिरेको दुई सय वर्ष आयु होस्’ भनी ‘सुसाइड नोट’मा बिलौना गरेका छन् । 

‘सुसाइड नोट’मा आचार्यले आफ्नो परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचार आरोप लाग्दा आत्महत्याको बाटो रोजेको उल्लेख गरेको प्रहरीले जनाएको छ | ‘म कसैको दुई रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना !,’ सुसाइड नोटमा लेखिएको छ।

उनी शनिबार घर पुगेपछि हराइरहेका थिए। बेपत्ता भएपछि उनलाई दिनभरि खोजी गरिए पनि फेला पार्न सकिएको थिएन । ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीका अनुसार आचार्यको लाश पोस्टमार्टम गरी आफन्तले बुझिसकेका छन्। आचार्यको आइतबारै अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई