2026-10-16 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

ससुराली गएर श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार

साउन २८, अर्घाखाँची | अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक युवाले ससुराली गएर श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी अञ्चल अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको छ । लुम्बिनी अस्पतालमा उपचार हुन नसकेपछि चितवन लगिएको हो |

प्रहरीका अनुसार सोमबार राति सवा आठ बजे कालो लुगा र नकावसमेत लगाएर घर्ती ससुराली घर पुगेका थिए। घरमा अन्य कोही नभएकाले घर्तीले लगालग खुकुरी प्रहार गरेको छ | घटना गराएपछि घर्ती फरार भएका छन्। उनले घटनापछि फेसबुकमा स्टाटस राख्दै सासुआमाका कारण आफ्नो घरबार बिग्रेको आरोप लगाएका छन् । ‘श्रीमान र श्रीमतीबीच झगडा भइरहने गरेको र श्रीमती केही दिनबाट माइत बस्दै आएको बुझिएको छ, | ‘झगडाको दोष सासुआमालाई लगाएर उनले त्यसैको रिसमा घटना गराएको प्रहरीको भनाई छ |

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। फरार घर्तीको खोजीका लागि चारैतर्फ प्रहरीले सतर्कता बढाएको छ | घाइतेमध्ये श्रीमती गीताको अवस्था चिन्ताजनक छ। आक्रमण रोक्न खोज्दा उनलाई बढी चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु