2026-08-24 01:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरका तीन मुख्य ग्रामीण सडक शिलान्यास

 साउन ३०, फिदिम । पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गर्नुभयो । कार्यक्रममा मन्त्री आङ्बोले स्थानीय तहहरुलाई मुख्य सडक तथा सदरमुकामसम्म जोड्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । शिलान्यास भएका सडकको निर्माणकार्य समयमै पूरा गर्न निरन्तर अनुगमन गर्न मन्त्री आङ्बोले स्थानीय तहका जनप्रतिनिधि तथा  जिल्लास्थित सरकारी निकायका प्रमुखलाई आग्रह गर्नुभयो ।

पूर्वाधार विकास कार्यालय पाँचथरअन्तर्गत यी सडकहरु निर्माण हुन लागेका हुन् । कुम्मायक गाँउपालिकालाई कोशी करिडोर तथा जिल्ला सदरमुकाम फिदिमसम्म जोड्न फिदिम–यासोक सडक कालोपत्र गर्न लागिएको हो । यसका लागि फिदिम–यासोकको ११.३१० किलोमिटरको सरखण्डे–यासोक खण्ड कालोपत्र हुनलागेको हो । बाँकी खण्ड कालोपत्र भइसकेको छ । सो सडक रु ५३ करोड ३३ लाख छ हजार ४८१ लागतमा निर्माण हुनलागेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । 

शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडकको १३.९२१ किलोमिटर कालोपत्र हुनलागेको हो । यो सडक कालोपत्र निर्माणको ठेक्का कान्छाराम याक्थुङहाङ जेभीले रु ७६ करोड २२ लाख ४५ हजार ५८३ लागत जिम्मा लिएको उक्त कार्यालयले जनाएको छ । यो सडकले फिदिम नगरपालिका वडा नं ९ तथा फाल्गुनन्द गाँउपालिकालाई कोशी करिडोर र सदरमुकाम फिदिमसम्म जोड्नेछ ।

फिदिम–फालोट सडकको फिदिम–नाङ्गीन खण्डको कालोपत्र हुनलागेको हो । फिदिम–१ अदालत गेट छेउबाट फिदिम–११ सल्लेरीसम्म १०.११२ किलोमिटर सडक कालोपत्र हुनलागेको हो । उक्त निर्माणको जिम्मा कन्काई पीएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजार ८१३ लागतमा लिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले जानकारी दिनुभयो । फिदिम–फालोट सडक भारतको सिक्किमसँग सीमा जोडिएको स्थानसम्म पुग्छ । यो सडकले फिदिम नगरपालिकाका वडा नं ११ र १२ तथा फालेलुङ गाँउपालिकालाई सदरमुकामसम्म जोड्नेछ । फिदिम फालोट सडकको बाँकी खण्डको स्तरोन्नति गर्ने कार्यसमेत चलिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख यादवले वताउनुभयो ।

पूर्वाधार विकास कार्यालयबाटै राँके–रबि–छ नम्बर बुधबारे सडकअन्तर्गत राँके बजारभित्र ३७० मिटर आरसीसी ढलानकार्य सम्पन्न भै सकेको छ । अधिकारी एण्ड ईश्वरी जेभीले रु एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको उक्त सडकको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले हिजो उद्घाटन गर्नुभएको थियो । 

सवारी तथा मानवीय चाप अधिक हुने यी सडकको कालोपत्र भएसँगै दैनिक आवतजावत, कृषि उपज निर्यातमा ठूलो सघाउ पुग्ने जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ । जिल्लामा पहिलोपटक ग्रामीण सडक कालोपत्र हुनलागेको हो । सडक कालोपत्र नहुँदा ग्रामीण क्षेत्रका सडकमा निश्चित समयमा मात्रै सवारीका साधन सञ्चालन हुने गरेका छन् । यसले गर्दा चाहेको समयमा सवारीका साधन नपाउँदा स्थानीयवासीले सास्ती ब्यहोर्नु परिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन