२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७६, ३० श्रावण बिहीबार १५:२९

साउन ३०, काठमाडौँ | पृथ्वीराजमार्गमा आज भएका  छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।  

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा२१च २८३० नंको कार व्यास नगरपालिका–१२ कमलबारीमा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । कारको ठक्करबाट सख्त घाइते मोटरसाइकलमा सवार आँवुखैरनी गाउँपालिका–६ का ४८ वर्षीय थोमस बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो । 

गम्भीर घाइते उनको  पोखरास्थित मेट्रोसिटी अस्पतलामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । चालक २२ वर्षीय उमेश खड्काको मेट्रोसिटीमा उपचार भइरहेको छ ।  

यस्तै व्यास नगरपालिका–१२ घाँसीकुवामा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार छ वर्षीय सुनिल मगरको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस