२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा वल्के पर्व मनाइँदै

३२ श्रावण २०७६, शनिबार ०९:५६

साउन ३२, कैलाली | पिँडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा मान्यजन, छर छिमेकीलाई बाँडेर मनाइने ‘वल्के चाड’ सुदूरपश्चिम प्रदेशमा हर्षोउल्लासपूर्वक मनाइदै छ । भाद्र सङ्क्रान्तिमा मनाइने यो पर्वको तयारीस्वरुप आज प्रत्येक घरमा मीठामीठा खानाका स्थानीय परिकार पकाउने तयारीका लागि गृहणीलाई भ्याइनभ्याइ हुन्छ । 

काम विशेषले घर बाहिर रहेका पनि वल्के चाड मनाउन आ–आफ्नो घर फर्किन थालेका छन् । यो पर्वमा आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको ‘गाभा’अर्थात कलिलो पात, साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहिआएको छ ।

वल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी  लाउन, बावर, माणा, निसौसे, गतानी डुब्कालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । यो पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाइलो गर्ने गरिन्छ ।

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । रोगको सङ्क्रमणबाट बच्न हात खुट्टा रङ्गाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रुपमा समेत लिइने गरिन्छ । सांस्कृतिक पर्व ‘ओल्के’मा सार्वजनिक बिदा दिनुपर्ने यहाँका जनताको माग रहँदै आएको छ ।

सदियौँदेखि मानाइदै आइएको यो चाडको रौनक र महत्वका बारेमा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पिढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको वल्के चाड मनाउँदै आउनुभएका हरिप्रसाद जोशी बताउनुहुन्छ । सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य