२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी बसपार्कको होटलमा मृत भेटिएका युवकको हत्या गरिएको आरोप

२०७६, १ भाद्र आईतवार १२:११

भदै १, कैलाली  | कैलालीको धनगढी बसपार्कमा रहेको श्रीपाल होटलमा मृत भेटिएका युवकको हत्या गरिएको आरोप लागेको छ । गत जेठ १२ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरका आर्दश भट्ट होटलको १०५ नम्बर कोठामा मृत भेटिएका थिए।

 धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिवारका सदस्यले हत्या भएको आरोप लगाएका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनको लागुऔषध सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएपनि अहिले पोष्टमार्टम रिर्पोट र ल्याव रिर्पोटमा लागु औसध सेवन गरेको नदेखिएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका हुन् | नग्न अवस्थामा भेटिएका भट्टको ल्याव परिक्षण पछि लागुऔषधी प्रयोग नगरेको देखिएको मृतक आर्दशका बुवा शम्भु भट्टको दावी छ।

 ‘ल्याव परिक्षणको रिर्पाेट आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीले बोलाए,’ भट्टले भने, ‘एसपि सापले रिर्पाेट सोचे जस्तो नआएको भन्नुभयो, कस्तो सोच्नु भएको थियो ?मैले कस्तो आयो भरेर सोध्दा  आदर्शले लागुऔषध प्रयोग गरेको नदेखिएको भन्दै एसपी सापले जवाफ दिए।’ 

रिर्पाेटको फोटोकपी मागेको तर प्रहरीले नदिएको भट्टको आरोप छ। गत जेठ २६ गते प्रहरी कार्यालमा जाहेरीका लागि गएको भएपनि अहिले सम्म जाहेरी दर्ता नभएको समेत उनले गुनासो गरे।  आर्दशसंगै श्रीपाल होटलमा बसेका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो तर उनीहरुमाथि प्रहरीको अनुसन्धान पनि फितलो भएको आशंका परिवारका सदस्यहरुको छ।  

उनीहरुलाई २५ दिन पनि प्रहरीले थुनामा नराखि छाडिएको आरोप लागेको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जाहेरी दर्ता भईसकेको तर कर्तव्य ज्यानमा भने जाहेरी अहिले नै दर्ता गर्न नपाईने बताए। ल्याव परिक्षणमा लागु औसध सेवन गरेको नभेटिएपनि अहिले उनको रगत परिक्षणको रिर्पोट आउन बाँकी रहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला