२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी बसपार्कको होटलमा मृत भेटिएका युवकको हत्या गरिएको आरोप

१ भाद्र २०७६, आईतवार १२:११

भदै १, कैलाली  | कैलालीको धनगढी बसपार्कमा रहेको श्रीपाल होटलमा मृत भेटिएका युवकको हत्या गरिएको आरोप लागेको छ । गत जेठ १२ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरका आर्दश भट्ट होटलको १०५ नम्बर कोठामा मृत भेटिएका थिए।

 धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिवारका सदस्यले हत्या भएको आरोप लगाएका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनको लागुऔषध सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएपनि अहिले पोष्टमार्टम रिर्पोट र ल्याव रिर्पोटमा लागु औसध सेवन गरेको नदेखिएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका हुन् | नग्न अवस्थामा भेटिएका भट्टको ल्याव परिक्षण पछि लागुऔषधी प्रयोग नगरेको देखिएको मृतक आर्दशका बुवा शम्भु भट्टको दावी छ।

 ‘ल्याव परिक्षणको रिर्पाेट आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीले बोलाए,’ भट्टले भने, ‘एसपि सापले रिर्पाेट सोचे जस्तो नआएको भन्नुभयो, कस्तो सोच्नु भएको थियो ?मैले कस्तो आयो भरेर सोध्दा  आदर्शले लागुऔषध प्रयोग गरेको नदेखिएको भन्दै एसपी सापले जवाफ दिए।’ 

रिर्पाेटको फोटोकपी मागेको तर प्रहरीले नदिएको भट्टको आरोप छ। गत जेठ २६ गते प्रहरी कार्यालमा जाहेरीका लागि गएको भएपनि अहिले सम्म जाहेरी दर्ता नभएको समेत उनले गुनासो गरे।  आर्दशसंगै श्रीपाल होटलमा बसेका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो तर उनीहरुमाथि प्रहरीको अनुसन्धान पनि फितलो भएको आशंका परिवारका सदस्यहरुको छ।  

उनीहरुलाई २५ दिन पनि प्रहरीले थुनामा नराखि छाडिएको आरोप लागेको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जाहेरी दर्ता भईसकेको तर कर्तव्य ज्यानमा भने जाहेरी अहिले नै दर्ता गर्न नपाईने बताए। ल्याव परिक्षणमा लागु औसध सेवन गरेको नभेटिएपनि अहिले उनको रगत परिक्षणको रिर्पोट आउन बाँकी रहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य