२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु

५ भाद्र २०७६, बिहीबार ०४:३४

भदौ ५, मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका-४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका-३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो । परियारको घटनास्थलमै र आउजी र बोहराको उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा जिप चालक कैलालीको घोडाघोडी नगरपालिका-७ कीर्तिपुर बस्ने अन्दाजी २६ वर्षीय जनजीर चौधरी र कैलालीको धनगढी उपमहानगरपालिकाका अन्दाजी २५ वर्षीय घनश्याम चौधरी घाइते छन् । उनीहरुको अवस्था मध्यम रहेको र बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी