२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रवि लामिछानेको मुद्दा आजै अदालत लैजाने सरकारी वकिलको तयारी

२०७६, ८ भाद्र आईतवार ०८:४२

भदौ ८, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको छ।

उक्त कार्यालयले आजै अदालतमा मुद्दा लैजाने तयारी गरेको छ। प्रहरीले ल्याएको लामिछानेसहित ३ जनाको अनुसन्धान प्रतिवेदनमाथि अहिले आफूहरूले अध्ययन गरिरहेको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले बताए ।

प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि आजै अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको वकिलले जानकारी दिएका छन | सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदनमा पर्याप्त प्रमाण नभेटिए मुद्दा नचलाउने निर्णय गर्न समेत सक्ने छ।

मुद्दा दर्ता भएपछि अदालतले उनीहरूको थुनछेक बयान लिनेछ। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण