२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको मझगाँउ विमान स्थल सुचारुका लागि संघर्ष समिति राजधानीतिर

९ भाद्र २०७६, सोमबार ०५:२९

भास्कर के. सी | भदौँ ९, कञ्चनपुर | बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ संघर्ष समिति संघीय राजधानी(काठमाण्डौँ) गएको छ । सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो ।

 उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय सिद्धराज भट्ट र लोकराज भट्टले विदाई गरेका छन् । भीमदत्त नगरका जनप्रतिनिधी सहित संघर्ष समितिका पदाधिकारी राजधानी गएका छन् । भीमदत्त नगरपालिका १६ र १७ का वडाध्यक्षद्वय सुरेन्द्र विष्ट, हिमालय चन्द, सघर्ष समितिका संयोजक रमेश चन्द(ठकुरी), सह–संयोजक तिकल भट्ट, सचिव राजेन्द्र चन्द, संचार संयोजक ज्ञानेन्द्र महरा, स्थानीय टेकेन्द्र क्षेत्रीको टोली राजधानी गएको हो ।

 मझगाउँ विमान स्थल संघर्ष समितिका संचार संयोजक ज्ञानेन्द्र महताले मझगाउँ विमान स्थल शुचारुका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई सहित नागरिक उड्यानका पदाधिकारी, पर्यटन बोड, विभिन्न राजनीतिक दलका नेता एव संसद लगायत विमान संचालक उद्योगी व्यवसायीसंग भेटघाट गर्ने बताए । 

संचार संयोजक महताका अनुसार मन्त्री सहितका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै तत्काल विमान शुचारुका लागि माग गरिने छ । मन्त्री सहितका निकायलाई बुझाईने ध्यानाकर्षण पत्रमा २०बर्षदेखि बन्द रहेको विमान स्थल कुनै निकायबाट समेत शुचारुका लागि पहल नभएको उल्लेख छ । थुप्रै पर्याप्त भौतिक पुर्वाधार हुँदाहुँदै पनि विमान स्थल शुचारु गर्नका लागि सरकारले पहल नगर्दा बनेका संरचना पनि जिर्ण बन्दै गएको उल्लेख गरिएको छ । विमान स्थल शुचारु नहुँदा यस क्षेत्रको विकासमा बाधा पर्नुका साथै पर्यटकिय क्षेत्र समेत ओझेलमा परेको ठहर गरिएको छ । संघर्ष सरकारले चालु आर्थिक बर्ष २०७६-०७७मा संघीय सरकारबाट बजेट नदिदा जनता निरास भएको जनाईएको छ । 

कञ्चनपुरका राजनीतिक दल, ९ वटै स्थानीय सरकार लगायत विभिन्न संघ संस्थाले मझगाउँ विमान स्थल शुचारुका लागि ऐक्यबद्धता जाहेर गरेको समेत उल्लेख गरिएको छ । विमान स्थल शुचारुका लागि मन्त्रालयका तर्फबाट यथाघिश्र पहलको माग गरिएको छ । संघर्ष समितिले विमान स्थल शुचारुका लागि कहि कतैबाट पहल नभए आन्दोलनको समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य