४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मर्मत खर्च नपाउदा एम्बुलेन्स बनेन, बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजान बाध्य

११ भाद्र २०७६, बुधबार १२:०६

दान बहादुर बुढा | भदौ  ११, जुम्ला | जुम्ला जिल्लामा रहेको रेडक्रस उपशाखा कार्यालय मालिका बोताको मातहतमा  रहेको ने १ च १४५२ नम्बर रहेको एम्बुलेन्स मर्मत खर्च नपाएपछि २ बर्ष पहिला देखि बिग्रेको  अहिले थला परेको छ ।

२०७१ सालमा २४ लाख मूल्य बराबरको एम्बुलेन्स बिषेश गरी न्यू २४ टि.भि र न्यू २४ को पाबोर न्यू प्रस्तोता प्रेम बानिया र शक्तिशम्शेर जवराको ठूलो सहयोगमा भान्सार मूल्य छुट गरी स्थानिय बासी ,रेडक्रस कर्मि, रेडक्रस आए जिवन सदस्य ,स्थानिय ब्यापारीहरुबाट चन्द्रा संकलन गरि जम्मा ८ लाख ४१ हजार मूल्य परेको एम्बुलेन्स पछिल्लो समयमा बिग्रेर थला परेको छ कुनै पनि बिकायमा एम्बुलेन्स मर्मतको लागी रकम खोजेपनि कुनै पनि निकाय बाट सहयोग हुन सकेन स्थानिय सरकार कनका सुन्दरी गाँउपालिकामा मर्मतको लागी पहल गरीए पनि गाँउपालिकाले सुनवाई नगर्दा एम्बुलेन्स थला परेको हो |

गाँउ घरमा परेको बिरामिलाई उपचार गर्न सदरमुकाम जुम्ला बजार वा नजिकको स्वास्थ्य सस्थामा लिनको लागी डोको र स्टेचर प्रयोग गर्नुपरेको रेडक्रस उपशाखा मालिका बोताको सभापति नर बहादुर रावतले बताए |  

एक पटक मात्र कनका सुन्दरी गाँउपालिकाले एमबुलेन्स मर्मतको लागी १लाख ५० हजार मात्र दिएको थियो त्यो रकमले सामान्य केही मर्मत गरियो त्यो रकम चटनि पनि हुन सकेन तेस पछि अन्य थप बजेट माग गरिए पनि सुनाई हुन नसकेको उपशाखाका सभापति रावतले भने |

साबिकको जुम्ला जिल्ला सिन्जा भेगमा रहेका ११ बटा गाबिस भित्र रहेको बिरामिहरुलाई ओसार पोसार गदौ आई रहेको एक मात्र एम्बुलेन्स हो । न्यू २४ को ठूलो सहयोग बाट प्राप्त भएको हो । सडक कच्चि भएको नियमित चल्दै आई रहेको थियो पछिल्लो समयमा मर्मत कोष नहुदा एम्बुलेन्स सन्चालनमा नआएको हो । ४,५ लाख रुपौया भएको भए एम्बुलेन्स सन्चालनमा आउर्ने र बोतामालिका स्वास्थ्य चौकीका ईन्चार्ज नन्दलाल रावतले बताएका छन ।

एम्बुलेन्स मर्मत नहुदा सुत्केरी ,लगाएत अन्य बिरामीलाई उपचारको लागी जिल्ला अस्पताल जुम्ला सम्म लिनको लागी निकै गारो भएको छ | स्थानिय सरकारले र अन्य सरोकार वाला निकायहरुबाट एम्बुलेन्स मर्मतको लागी सहयोग लिइको भए एम्बुलेन्स सन्चालनमा आएको भए निकै राहात हुन र अकालमा जुम्ला जिल्लामा रहेका कनका सुन्दरी ,सिन्जा र हिमा गाँउपालिकामा रहेका स्थानिय बासीलाई राहात हुने र समयमा मृत्यु बाट बच्न सक्ने स्थानिय बासी नरपति रावतले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ