२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

२०७६, १३ भाद्र शुक्रबार १५:२६

भदौ १३, कंचनपुर | कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एक जना महिला गरी तीन जनालाई पक्राउ गरेको छ ।

सोही आरोपमा शुक्लाफाँटा नगरपालिका–६ वन समिति बजारमा रहेको पानस रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ३४ वर्षीय वीरेन्द्र कुवँर र सर्लाही र सुख्खड घर भएका दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २ को सार्वजनिक शान्तिविरुद्धको कसुरअन्र्तगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस