२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपहृत बालकलाई चार दिनपछि सकुशल उद्धार

१३ भाद्र २०७६, शुक्रबार १६:१४

भदौ १३, सिरहा | चार दिनअघि सिरहाको बन्दीपुरबाट अपहृत एक बालकलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । बालक अपहरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

अपहरणमा परेका रौतहटको कटहरिया नगरपालिका–६ घर भई सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा शङ्कर कार्कीको घरमा डेरा बस्ने बच्चा यादवका छोरा ५ वर्षीय शिवम यादवलाई भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले आज पत्रकार सम्मेलन गरी बालकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतको सीतामढी बस्ने शोभित मुखियालाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाइएको छ ।  

मुखियाले आफ्नी पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सीतामढीका मुखियाले बच्चा यादवको ५ वर्षीय छोरा शिवमलाई गत मङ्गलबार अपहरण गरेका थिए । मुखियाले पत्नी सुरेखालाई भगाउन बालकका बुबाआमाले सहयोग गरेको आरोप लगाउँदै शिवमलाई अपहरण गरेका थिए । 

अपहृत बालकका आमाबुवा र मुखिया विगत छ महीनादेखि बन्दीपुरस्थित कार्कीकै घरमा छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए । चटपटे व्यवसाय गर्ने मुखिया बाहिर गएको बेला भदौ २ गते उहाँकी पत्नी सुरेखा मुखिया भागेपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उहाँकी पत्नी सुखनीदेवी यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दबाब दिन शोभितले शिवमको अपहरण गरेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

बालकको अपहरण गर्ने शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भन्दै फोन गरेकाले लोकेशन पत्ता लगाउँदै गएपछि शोभितलाई बालकसहित पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान