2026-07-04 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा भेटियो सेतो काग

2019-09-03

भदौ १७, काठमाडौं | काठमाडौंको टोखामा सेतो काग भेटिएको छ | चराविद्सँगै यसको अध्ययनमा लागेकाहरू छक्क परेका छन् । चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग देखेको हो । स्थानीय टोखावासीका अनुसार उक्त सेतो काग ४/५ वर्षदेखि काब्रोको रूखमा गुँड लगाएर बस्दै आएको छ । कालाको हूलमा सेतो भएकाले स्थानीयले त्यसलाई काग नै हो भनेर पहिचान गर्न नसकेको पाइएको थियो |

टोखामा भेटिएको सेतो कागको प्वाँख सेतै भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन्। यसको आनीबानी र आहारा कालो कागको जस्तै छ। वंशाणुगत गुणमा अचानक आउने उत्परिवर्तन वा कालो बनाउने तत्त्वको कमीले काग सेतो रङको पाइएको भन्नेमा चराविद्बीच मतान्तर छ। 

‘पृथ्वीमा उत्पन्न विभिन्न कारणले वंशाणुगत गुण नै बदलिएर रङ फेरिएको हुन हुनसक्ने अनुमान चराविदहरुले गरेका छन् | सेतो भेटिएको उक्त काग ‘लार्ज बिल्ड क्रो’ भनिने रैथाने कालो कागभन्दा रङमा मात्रै फरक छ। ठुँड, जीउको बनोट र आनीबानी सबै उस्तै छ। लन्डन जुलोजिकल सोसाइटीका नेपाल प्रतिनिधि चराविद् हेमसागर बराल पनि यसको अध्ययन आवश्यक रहेको बताउँछन् । ‘उत्परिवर्तन वा उसको प्राकृतिक रङ उत्पादन गर्ने तत्त्वको कमी भन्नेमा अध्ययन नगरी ठोकुवा गर्न सकिँदैन तर काग सेतो भेटिनु एकदमै अनौठो घटना होइन,’ उनले भने, ‘करिब २० वर्षअघि टेकुमा पनि त्यस्तो काग देखिएको थियो ।’ चराका अरू प्रजातिमा पनि बेलाबखत प्राकृतिकभन्दा फरक सेतो रङ पाइएका घटनाहरू बेलाबेला अध्ययनको विषय हुने गरेको उनले बताए । 

चराविद्हरूका अनुसार संसारमा कतै पनि सेतो रङका काग छुट्टै प्रजातिमा पाइएका छैनन्। अमेरिकी चराविद्हरूले सन् १९९८ मा फेला पारेको सेतो रङको कागको अध्ययन गर्दा रैथाने प्रजातिको भए पनि त्यसको जीउमा प्राकृतिक कालो रङ उत्पादन नभएर त्यस्तो भएको जर्नलहरूमा भेटिन्छ ।

अर्का चराविद् कृष्णप्रसाद भुसालका अनुसार नेपालमा घर काग, कालो काग (वन काग), टेमु, टुंगा र राजा काग गरी पाँच प्रजातिका काग पाइन्छन्। समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन्। गुँङ बनाएका ठाउँ छेउछाउ मानिस वा अन्य शत्रु जीव पुग्दा रिसाउने, ठुङ्न खोज्ने, आफ्नो परिवारलाई बोलाएर जोडजोडले कराएर धपाउने गर्छन्। 

बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग काग पनि अनुकूलित बन्दै गएको नेपाल पन्छी संरक्षण संघको अध्ययनले देखाएको छ। काठमाडौं उपत्यकाका २४ स्थानमा गरिएको सहरी चरा गणनामा अन्य प्रजातिहरू हराउँदै गए पनि काग भने बढ्दै गएका छन् | यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति