2026-07-04 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्लस टु र एसएलसी उत्तिर्ण गरेकालाई रोजगारीको अवसर, दुई हजार कर्मचारीको माग

2019-09-03

भदौ १७, काठमाडौँ | गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) का कर्मचारी माग गरेको हो।

इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो।

एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले मंगलबार गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ। दरखास्तका लागि १५ दिनको समय दिइएको छ। दरखास्त फारम http://application.donidcr.gov.np मा हेर्न सकिन्छ।

एमआईएस अपरेटर नौ सय ९४ जना र फिल्ड सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) नौ सय ९५ जना कर्मचारी माग गरिएको गृहले जनाएको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन्। प्लस टु र एसएलसी वा सो सरह उत्तिर्ण गरेकोले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ।

उम्मेदवारले दुई वटा पदमै दरखास्त दिन चाहने हो भने बेग्लाबेग्लै दरखास्त फारम भर्न पनि गृहले अनुरोध गरेको छ। नाम निकाल्नेहरूले कम्तीमा एक बर्ष रोजगार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति