2026-07-04 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटिएम ह्याक गर्ने चिनियाँमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालियो

2019-09-03

भदौ १७, काठमाडौँ | प्रहरीले एटिएम ह्याक गरी पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको छ। प्रारम्भमा उनीहरूविरूद्ध बैंकिङ कसूर आकर्षित देखिएकाले सोही मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आइतबार नै सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको बताइएको छ | दुई वा दुईभन्दा बढी व्यक्ति संलग्न भएकाले यसमा संगठित अपराध पनि आकर्षित हुने परिसरले जनाएको छ। यस्तै, इन्टरनेट सर्भर ह्याक गरी पैसा लुटेकाले साइबर अपराध पनि आकर्षित हुने परिसरले जानकारी दियो। ह्याक गर्न प्रयोग गरिएका एक दर्जन उपकरण परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उपकरणको रिपोर्ट प्राप्त भएपछि साइबर अपराध मुद्दाको अनुसन्धानमा परिपक्व प्रमाण भेटिने भएकाले प्रहरीले ल्याबको रिपोर्ट कुरिरहेको छ |

बैंकिङ कसूरमा चारदेखि छ वर्षसम्म कैद र विगो बराबरको क्षतिपूर्ति तथा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ | संगठित अपराध भने अन्य मुद्दासँगसँगै जोडेर लैजाने मुद्दा भएकाले यसमा अन्य स्थापित भएको मुद्दाको डेढ गुणा बढी सजाय हुने व्यवस्था छ।

शनिबार चीनबाट नेपाल आएका चिनियाँ नागरिकहरूले विभिन्न बैंकको एटिएम ह्याक गरी एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ लुटेका थिए। लुट्ने चिनियाँ नागरिकहरू ८ जनामध्ये पाँच जना शनिबारै पक्राउ परेका थिए भने चिनियाँ मुलका फ्रेन्च नागरिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको थियो। यीमध्ये दुई जना अझै फरार छन्।

यो समूह गिरोह पक्राउ परेपछि तत्कालका लागि ठूलो रकम चोरी हुने समस्या टरे पनि बैंक ग्राहकका संवेदनशील विवरण चोरी भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले यसबारे राष्ट्र बैंक तथा बैकर्स एसोसिएसनका विज्ञहरूसँग परामर्श गरिरहेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन