२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको भण्डारखाल जंगलमा २ जनाले गरे आत्महत्या

२०७६, १७ भाद्र मंगलवार ०९:४१

भदौ १७, काठमाडौं | खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् ।  खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए । 

प्रातःभ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा  घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिए । उनीहरु दुवैजना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ ।  

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे । आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए ।खोटाङ बस्दै आएकी दमाइँ काठमाडौँ आएको कारण भने खुलेको छैन । उनी काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो