२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाई मरेको घटनाको विश्व हिन्दू महासंघले स्थलगत अध्ययन गर्ने

२०७६, १७ भाद्र मंगलवार १०:३७

भदौ १७, काठमाडौं । विश्व हिन्दू महासंघ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले जानकारी दिए । 

समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार सिजापति, बाबा योगीराज, मोहन लामा, अर्जुन शिवाकोटी, बद्री भट्टराई र रोहित गौतम सदस्य रहेका छन् ।

अध्ययन समितिलाई एक साताभित्र स्थलगत अध्ययन गरी फर्कनेगरी अख्तियारी दिइएको छ । सरकारले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन गरेको अध्ययन समितिसँग छलफल एवं सहयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।

समितिमा १००८ स्वामी भागवताचार्य, राष्ट्रिय धर्मसभाका महासचिव पुष्पराज पुरुष, महासङ्घ राष्ट्रिय समितिका उपाध्यक्ष प्रवीण घिमिरे, महासचिव गणेशप्रसाद नेउपाने, सचिव ज्योत्स्ना साउद र सहकोषाध्यक्ष विदुरप्रसाद भण्डारी रहेका छन् । महासङ्घले सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार एवं पूर्व सभामुख तारानाथ रानाभाटको उपस्थितिमा बसेको बैठकले दुवै समिति गठन गरेको हो । सो अवसरमा पूर्व सभामुख रानाभाटले घटनाको वास्तविकता पत्ता लगाउन दुवै समितिले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो