२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीको चटकपुरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जना पक्राउ

१९ भाद्र २०७६, बिहीबार ०६:१९

भदौ १९, कैलाली  | कैलालीको धनगढीमा चार थान पेस्तोल सहित तीन जना पक्राउ परेका छन् | प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो ।

धनगढी वडा नम्वर ६ का सन्जय राणा सहित अन्य दुई जना पक्राउ गरेको प्रहरीले अहिले नै विस्तृत जानकारी दिन मानेको छैन् | उनीहरुबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ। 

बरामद गरिएको सुनको परिणाम भने प्रहरीले खुलाएको छैन्। अर्काको घरमा कोठा भाडामा लिएर बसिरहेका तीनै जनाका बारेमा जानकारी पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नायव उपरीक्षक दक्षकुमार बस्नेतले पेस्तोल सहित तीन जना पक्राउ गरेको स्वीकार गरे। यद्दपि घट्नाको बिस्तृत जानकारी भने पत्रकार सम्मेलन मार्फत बाहिर ल्याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?