2026-10-17 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा धारिलो हतियार देखाएर एक महिलाको गहना लुटपाट

भदौ १९, गुल्मी । माइतीबाट तीज मनाएर घर फर्किँदै गरेकी एक महिला बुधबार साँझ अर्घाखाँचीमा लुटिएकी छिन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका-७ देउराली बजार नजिकै धारिलो हतियार देखाएर लुटेरा समूहले ५१ वर्षीया सीता पौडेलको सुनको सिक्री, लकेट र मोवाइलसेट लुटेर लगेको प्रहरीले जनाएको छ । 

लुटिएको सुन करिब दुई तोला रहेको पीडित पौडेलले बताएकी छिन् । पौडेल सोही वडाको वाइगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा नगरपालिका–५ भुवनपानी आफ्नो घर तर्फ आउने क्रममा लुटेरा समूहले चक्कु देखाएर गरगहना लुटेको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

हतियार देखाउँदै लुटेरा समूहले पौडेलको साथबाट जबरजस्ती गरगहना खोस्ने क्रममा पोडैलको खुट्टामा सामान्य चोट लागेको विष्टले बताए । मंगलवार पनि अज्ञात समूहले सोही वडाका वडाध्यक्षले चढ्ने सरकारी मोटरसाइकलमा आगजनी गरेको थियो ।

आगजनी र लुटपाटका घटना बढेसँगै यस क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । लुटेरा समूह र आगजनी गर्ने गिरोहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु